नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) मा मैले जित्नैपर्छ : शुशिल खड्का
नुवाकोट । नेकपा एमाले नुवाकोटका युवा नेता तथा समाजसेवी शुशिल खड्काले नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन् ।
शनिवार आयोजित चुनाव प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । आसन्न निर्वाचनबाट आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने प्रतिवद्धता जनाए ।
उनले अहिलेका जनप्रतिनिधिहरु ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्ने कुराको महसुस समेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक दिन निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताए ।
‘१० वर्षदेखि यहाँका मतदाताहरुको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा हामी छौं’ उनले भने ।
खड्काले नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) मतदाताहरुले निर्वाचन क्षेत्रका अन्य प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा आफूलाई हेरिरहेको समेत उनले बताएका छन् ।
खड्काले यसअघि आफुले गरेको कामको मुल्याङ्कन जनताले गर्ने भएकोले आफुलाई सबैले मतदान गर्ने विश्वास व्यक्त गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया