गिटी–बालुवाको अवैध निकासी रोकिएन,स्थानीय प्रशासन निरीह

विदुर खबर २०७५ भदौ २४ गते १:००

Advertisement

नुवाकोट भदौ २४, विभिन्न जिल्लामा नदीजन्य पदार्थको अवैधरुपमा उत्खनन हुँदै आएको छ । विभिन्न खोलाबाट रातारात गिट्टी–बालुवाको अवैध निकासी भइरहे पनि स्थानीय प्रशासन निरीहजस्तै बन्न पुगेको छ ।

जिल्लाका जिल्ला समन्वय समितिहरुले असारदेखि असोजसम्म गिट्टी–बालुवा निकासी गर्न रोक लगाए पनि त्यो रोकिएको छैन । अवैधरुपमा प्राकृतिक सम्पदाको दोहन हुन छाडेको छैन । अवैध गिट्टी–बालुवाको दोहन बढिरहँदा स्थानीयवासीले विरोध जनाए पनि प्रशासनले नियन्त्रण गर्ने प्रयास गरेको छैन ।

Advertisement

राति १२ बजेदेखि बिहान ९ बजेसम्मको समयमा खोलाबाट गिट्टी–बालुवा निकासी हुँदै आए पनि नियन्त्रणका लागि प्रहरीले चासो नदेखाएको समाचार हरेक जिल्लाबाट आउने गरेका छन ।प्रहरीकै संलग्नतामा दैनिकरुपमा गिट्टी–बालुवा चोरी निकासी हुने गरेको आरोप पनि लाग्ने गरेको छ । मिलेमतोबिना दैनिक सयौँ ट्रयाक्टर गिट्टी–बालुवा निकासी गर्न सम्भव हुने विषय होइन । यसमा सम्बन्धीत निकाय जिम्मेबार बन्न जरुरी देखीएको छ । काभ्रे, ललितपुर, चितवन लगायतका जिल्लाबाट यस्ता गतिविधिबारे खबर आईरहेको हुन्छ ।

नियन्त्रण गर्ने त परै जाओस पक्राउ गरीएका पनि ट्रयाक्टरहरु नियन्त्रणमा लिइए पनि राजनीतिक पहुँच र प्रभावका कारण प्रहरीले कारबाही गर्न नसकेका खबरहरु पनि आईरहेका हुन्छन । यस विषयमा सरकारले गम्भीर रुपमा केहि कदम चाल्नु जरुरी देखिन्छ ।

Advertisement

प्रतिक्रिया