नुवाकोट कारागारमा अस्थायी मतदान केन्द्र, २४ कैदीबन्दीले मतदान गर्न पाउने
नुवाकोट । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नुवाकोट जिल्ला कारागारमा रहेका २४ जना कैदीबन्दीले भोट हाल्ने पाउने भएका छन् ।
निर्वाचन आयोगले जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्रको रुपमा स्वीकृति दिएपछि उनीहरुले मतदान गर्न पाउने भएका हुन् । कारागार प्रमुख गंगालाल गिरीका अनुसार मतदाता नामावलीमा नाम भएका ३५ जना कैदीबन्दीको सूची पठाइएकोमा निर्वाचन कार्यालयबाट २४ जनाको मात्र अस्थायी मतदाताको सूचीमा दर्ता भएर आएको हो । कारागारमा १ सय ६६ जना कैदीबन्दी छन् । तीमध्ये १६ जना महिला र १ सय ५० जना पुरुष छन् ।
यसअघि २०७० सालको निर्वाचनमा पनि कैदीबन्दीले मतदान गर्न पाएका थिए भने ०७४ सालको निर्वाचनमा उनीहरू मतदान गर्नबाट वञ्चित भएका थिए । यसपटक उक्त कारागारमा ३ महिला र २१ जना पुरुष भोट हाल्न पाउने छन् ।
उनीहरूले प्रतिनिधिसभा समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले बताए । प्रदेशसभाको समानुपातिकतर्फ भने कैदीबन्दीले भोट हाल्न नपाउने कार्यालयले जनाएको छ ।
यससँगै निर्वाचनमा खटिएका कर्मचारीले समेत आफू खटिएको मतदान केन्द्रबाट भोट दिन पाउने भएका छन् । नुवाकोटमा २ हजार ३०४ जना कर्मचारी निर्वाचनका लागि परिचालन गरिने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार नुवाकोटमा अस्थायी मतदान केन्द्रको रुपमा जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयभित्र अस्थायी मतदाताका लागि मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीले संघीय संसद्का लागि समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने छन् । नुवाकोटमा संघीय संसद्को २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र रहेका छ ।
यहाँ कुल २ लाख ३९ हजार ७२६ जना मतदाता छन् । नुवाकोटमा १३२ मतदानस्थल र २८८ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्र रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया