नेपाल कम्युनिष्ट पार्टी बिदुर नगर संगठन कमिटीको तिज विशेष कार्यक्रम सम्पन्न

विदुर खबर २०७५ भदौ २३ गते १३:४१

नुवाकोट, समाजलाई अनुशासित, मर्यादित र ब्यबस्थित बनाउन नारीहरुको भूमिका महत्वपूर्ण रहेको नुवाकोटबाट निर्बाचित साँसदहरुले बताएका छन् । हिन्दु नारीहरुको महान्पर्व तिजको बिशेष अबसरमा नेपाल कम्युनिष्ट पार्टी बिदुर नगर संगठन कमिटी नुवाकोटको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण खतिवडाले बिगतको परिस्थितीमा गाउघरमा चाडपर्वको समयमा सुख दुखका बेदना भरीएको गीत गुन्गुनाए पनि अबको समयमा महिलाहरु अग्रसर भएर समाजलाई सकारात्मक रुपमा परिबर्तीत गर्दै सिर्जनाको गीत गाउने समय आएको बताउनुभएको छ ।
यस्तै, कार्यक्रममा प्रदेश सभा सदस्यहरु आशा तामाङ, हिरानाथ खतिवडा, केशब पाण्डे, बद्री मैनालीले अबको समाजलाई ब्यबस्थित गर्न महिलाहरुको नेतृत्वको आबश्यक रहेको भन्दै अहिले भैरहेको महिला हिंसालाई रोक्न पनि महिलाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । उहाँहरुले हरितालिका तीजको अबसरमा सम्पूर्ण नारीहरुलाई शुभकामना दिदै समाजमा मौलाएका बिसंगती र बिकृतीलाई अन्त्य गरी सभ्य रुपमा तिज पर्व मनाउन आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी बिदुर नगर संगठन कमिटी नुवाकोटले बट्टारमा आयोजना गरेको तिजको शुभकामना आदानप्रदान कार्यक्रममा बिदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नारीको महान्पर्व तिज मनाउने बहानामा पाश्चात्य शैली भित्रिदै गएकोले अब मौलिक तथा परम्परागत रुपमा तिज पर्व मनाउनुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै, कार्यक्रममा बिदुर नगरपालिकाका उपमेयर गीता दाहालले अब महिलाहरु बिगतमा जस्तै चुलोचौकीमा मात्र निर्भर नभई गाउ, समाज र देशका नै नेतृत्व लिन सक्ने सक्षम नारी बन्न आबश्यक रहेको बताउनुभएको छ । बिदुर नगरपालिकाका उपमेयर दाहालले बर्तमान अबस्थामा मौलाउदै गएको बलात्कार, हत्या, बेचबिखन र बहुबिबाह, बालबिवाहका घटनाहरु बिद्यमान अबस्थामा रहेको र यस्ता प्रकारका घटनाहरुको अन्त्य गर्न महिलाहरु एकजुट हुनुपर्ने समय आएको बताउनुभएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बिदुर नगर संगठन कमिटी नुवाकोटका संयोजक शरणउत्सुक सापकोटाले नारीहरुको महान् पर्व तिज पर्वलाई आफ्नो आर्थिक तथा सामाजिक अबस्थालाई मूल्यांकन गरी सभ्य र भब्यसँग मनाउन आग्रंह गर्नुभएको छ ।
कार्यक्रममा बिदुर नगरपालिकाबाट निर्बाचित नेकपाका जनप्रतिनिधिहरु, नेपाल कम्युनिष्ट पार्टीप्रति आस्था राख्ने नेता कार्यकर्ता लगायत महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया