पन्चकन्या १ र २ मा गठबन्धनको घरदैलो सम्पन्न

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर १ र २ मा लोकतान्त्रिक बाम गठबन्धनले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
नुवाकोट क्षेत्र न १ को प्रदेश २ अन्र्तगत पर्ने वडा नम्बर १ र २ मा लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महत उम्मेद्धवार रहेका छन् ।
नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश २ निर्वाचन क्षेत्र अन्र्तगत ककनि लिखु हुदै चुनावी अभियान तथा घरदैलो कार्यक्रम सकिएको नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा २ का उम्मेद्धवार रमेश महतले जानकारी दिए ।
घरदैलो गर्न महत लगायत गठबन्धन दलका समानुपातिक उमेदवारहरु सीता मिजार ,देविका मिजार लगायत गठबन्धन दलका नेता तथा कार्यकर्ताहरु पञ्चकन्या गाउँपालिका वडा १ को वानियाटार सिमारादेखि वडा नम्बर २ को वेसिकठेरि,सहरेटार हुदै मिश्रगाउँ ,कोर्थोक,कालिका स्थानसम्म पुगेर सकिएको थियो ।
घरदैलो कार्यक्रममा टोलटोलमा स्वत स्फुर्त रुपमा मतदाताहरुबमे उपस्थित भएको थियो । स्थानीयले गठबन्धन दलका उमेदवारहरुलाई उत्साहजनक रुपले स्वागत गरेको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य कष्ण मिश्रले वताए । उनले नुवाकोट क्षेत्र नम्बर १ को गाउँगाउँ टोलटोलमा देखिएको उत्साहले गठबन्धन दलका सबै उमेदवार विजयी हुने विश्वास व्यक्त गरे ।
घरदैलो कार्यक्रम उमेदवार महतले आफु विजयी भएमा सबैको भावना, विचारलाई सम्मान गर्दे काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सम्वृद्ध नुवाकोट निर्माणको लागि सबै राजनितिक दल मिलेर हिँडनुपर्ने समेत बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया