पन्चकन्या १ र २ मा गठबन्धनको घरदैलो सम्पन्न
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर १ र २ मा लोकतान्त्रिक बाम गठबन्धनले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
नुवाकोट क्षेत्र न १ को प्रदेश २ अन्र्तगत पर्ने वडा नम्बर १ र २ मा लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महत उम्मेद्धवार रहेका छन् ।
नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश २ निर्वाचन क्षेत्र अन्र्तगत ककनि लिखु हुदै चुनावी अभियान तथा घरदैलो कार्यक्रम सकिएको नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा २ का उम्मेद्धवार रमेश महतले जानकारी दिए ।
घरदैलो गर्न महत लगायत गठबन्धन दलका समानुपातिक उमेदवारहरु सीता मिजार ,देविका मिजार लगायत गठबन्धन दलका नेता तथा कार्यकर्ताहरु पञ्चकन्या गाउँपालिका वडा १ को वानियाटार सिमारादेखि वडा नम्बर २ को वेसिकठेरि,सहरेटार हुदै मिश्रगाउँ ,कोर्थोक,कालिका स्थानसम्म पुगेर सकिएको थियो ।
घरदैलो कार्यक्रममा टोलटोलमा स्वत स्फुर्त रुपमा मतदाताहरुबमे उपस्थित भएको थियो । स्थानीयले गठबन्धन दलका उमेदवारहरुलाई उत्साहजनक रुपले स्वागत गरेको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य कष्ण मिश्रले वताए । उनले नुवाकोट क्षेत्र नम्बर १ को गाउँगाउँ टोलटोलमा देखिएको उत्साहले गठबन्धन दलका सबै उमेदवार विजयी हुने विश्वास व्यक्त गरे ।
घरदैलो कार्यक्रम उमेदवार महतले आफु विजयी भएमा सबैको भावना, विचारलाई सम्मान गर्दे काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सम्वृद्ध नुवाकोट निर्माणको लागि सबै राजनितिक दल मिलेर हिँडनुपर्ने समेत बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया