बेलकोटगढी नगरपालिकामा तिज गीत प्रतियोगीता सम्पन्न

विदुर खबर २०७५ भदौ २३ गते ९:४४

बेल्कोटगढी, महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा बेलकोटगढी नगरपालिकामा तिज गीत प्रतियोगीता सम्पन्न भएको छ ।
बेल्कोटगढी नगरपालिकाको कार्यालय बघाखोरमा सप्पन्न भएको प्रतियोगीतामा दुइपिपल महिला साना किसान कृषि सहकारी सस्था लिमिटेड डाडाखर्क पहिलो भएको छ । यस्तै, दिपशिखा महिला समुहले दोश्रो, र कल्याणी महिला समुह तेश्रो भएको छ ।
बेल्कोटगढी नगरपालिकामा रहेको ९ वटा समुहले प्रतियोगिता सहाभीता जनाएका थिए । कार्यक्रममका प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख कविता ढुंगानाले विजेता समुहहरुलाई पुरस्कार बितण गर्नुभएको थियो । साथै उहाले बेलकोटगढी नगरपालिका भौगोलिक विकटता र नयाँ नगर पालिका भएकोले निर्वाचन पछिको पहिलो एक वर्षमा जनभावनाका कार्यहरु गर्न नसकेपनि आगामी दिनमा महिलाहरुको नेतृत्व विकास तथा महिला हकहिकको काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा बेलकोटगढी नगरपालिकाका विभिन्न वडा जनप्रतिनिधिहरु, विभिन्न कार्यत्रलयका प्रमुख एवम् प्रतिनिधि, नगर भित्रका महिला समुहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Advertisement

प्रतिक्रिया