अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोट र धादिङको सीमामा खसेको अाशंका
विदुर खबर
२०७५ भदौ २३ गते ६:४९

अल्टिच्युड एअरको हेलिकप्टर गोरखाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेको छ ।
गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको हो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले घटनाको पुष्टि गरेका छन् । हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेका थिए । हेलिकप्टर बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो । अन्य जानकारीका लागि प्रयास भईरहेको उनले बताए ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया