युवा संघको ककनी गाउँपालिकाको अध्यक्ष शिशिर तामाङ चयन

विदुर खबर २०७९ कार्तिक ३ गते २०:३५

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा एमाले निकट युवा संगठन रााष्ट्रिय युवा संघ नेपालको कार्यसमिति चयन गरिएको छ ।

Advertisement

कमिटिको अध्यक्षमा शिशिर तामाङ चयन भएका छन् । विहिबार ककनीमा आयोजित कार्यक्रममा शिशिरको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति चयन गरिएको नेकपा एमाले ककनी गाउँपालिकाका नेता शक्तिमान लामाले जानकारी दिए ।

भेलाले युवा संघ नेपाल ककनी गाउँपालिकाको इन्चार्जमा अनुप लामा र सचिवमा शिव श्रेष्ठलाई चयन गरेको छ ।

Advertisement

२०६९ सालदेखि राजनितिमा सक्रिय तामाङ युवाहरुमाझ लोकप्रिय मानिन्छन् । सबैसँग मिल्ने हक्की स्वभावका शिशिरले आफ्नो नेतृत्वमा नुवाकोट क्षेत्र नम्बर १ मा एमालेलाई स्थापित गराउन लागिपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेद्धवार बद्री मैनाली र नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश ख का उम्मेद्धवार तथा युवा नेता पुर्णलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया