नुवाकोटमा आइपुग्यो समानुपातिकतर्फको ५ लाख मतपत्र
विदुर खबर
२०७९ कार्तिक २ गते २०:३५
नुवाकोट । निर्वाचन आयोगले पठाएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आइपुगेको छ ।
आयोगले शनिबार ५ लाख ३० हजार मतपत्र पठाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ती मतपत्र बुझेर सुरक्षित राखिएको छ । निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत टेकराज भुसालले १ लाख ३१ हजार प्रनिनिधिसभा, प्रदेशसभा १ मा ६६ हजार र प्रदेशसभा २ मा ६८ हजार मतपत्र बुझेर सुरक्षित राखिएको बताए ।
उनका अनुसार प्रदेशसभा १ का उम्मेदवारलाई परिचयपत्र समेत प्रदान गरिसकिएको छ ।
आयोगले छपाइ गरी पठाएको मतपत्र सुरक्षा स्थानीय प्रशासनमार्फत प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।
नुवाकोटमा २ लाख ३९ हजार मतदाता, १ सय ३२ मतदानस्थल र २ सय ८८ मतदान केन्द्र छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया