नुवाकोटमा आइपुग्यो समानुपातिकतर्फको ५ लाख मतपत्र
विदुर खबर
२०७९ कार्तिक २ गते २०:३५
नुवाकोट । निर्वाचन आयोगले पठाएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आइपुगेको छ ।
आयोगले शनिबार ५ लाख ३० हजार मतपत्र पठाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ती मतपत्र बुझेर सुरक्षित राखिएको छ । निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत टेकराज भुसालले १ लाख ३१ हजार प्रनिनिधिसभा, प्रदेशसभा १ मा ६६ हजार र प्रदेशसभा २ मा ६८ हजार मतपत्र बुझेर सुरक्षित राखिएको बताए ।
उनका अनुसार प्रदेशसभा १ का उम्मेदवारलाई परिचयपत्र समेत प्रदान गरिसकिएको छ ।
आयोगले छपाइ गरी पठाएको मतपत्र सुरक्षा स्थानीय प्रशासनमार्फत प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।
नुवाकोटमा २ लाख ३९ हजार मतदाता, १ सय ३२ मतदानस्थल र २ सय ८८ मतदान केन्द्र छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया