नुवाकोट क्षेत्र नम्बर २ मा पुराना दलको विकल्प बन्दै सुमन पाण्डे

विदुर खबर २०७९ कार्तिक २ गते १२:०२

नुवाकोट । अगामी मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

Advertisement

नुवाकोट २  मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नारायणप्रसाद खतिवडालाई उम्मेदवार खडा गरेको छ भने नेपाली काँग्रेसबाट अर्जुननरसिंह केसी उम्मेदवार छन् । केसीलाई सत्ता गठबन्धनको समर्थन पनि रहेकाे छ । यद्यपि यस पटक एमाले र काँग्रेस दुवैपार्टीलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर पर्यटन व्यावसायी सुमन विक्रम पाण्डे पनि मैदानमा उत्रिएका छन् ।

देशभर स्वतन्त्र उम्मेदवारहरूको ह्विम चलेका बेला पाण्डेले पनि नुवाकाटे २ बाट पुराना दलको विकल्पका रुपमा उम्मेदवारी दिएका हुन् । करिब ३३ वर्ष पर्यटन क्षेत्रमा रहेर काम गरेका पाण्डेले नुवाकोट क्षेत्र नं. २ मात्र नभएर समग्र जिल्लामा नै आफूले गरेको सेवामुलक काम र आफ्नो आगामी भिजनकै कारणले पनि घण्टी चिन्हमा मतदान गरेर त्यहाँका नारिकले सहयोग पुर्‌याउनेमा आफू विश्वस्त रहेको बताए ।

Advertisement

उनले आफू घर दैलो कार्यक्रममा त्यहाँका जनतासम्म पुग्दा पुराना दल र प्रतिनिधिसँग उनीहरू निरास भएको र विकल्पको खोजिमा रहेका पाइएकाले पनि त्यसको विकल्पकै रूपमा आफू उम्मेदवार बनेको बताए ।

उम्मेदवार पाण्डेले पूर्वाधार, पर्यटन, कृषीलगायतका क्षेत्रमा आमूल परिर्तन गर्दै देशकै आर्थिक समृद्धी र दिगो विकासका लागि आफ्नो नेतृत्वदायी भूमिका रहने दाबीसमेत गर्दै आएका छन्।

Advertisement

प्रतिक्रिया