नुवाकोटका तामाङले जिते शारीरिक सुगठनमा गोल्ड मेडल

नुवाकोट । नुवाकोटका सन्तोष तामाङले शारीरिक सुगठन प्रतियोगितामा गोल्ड ट्रफी,गोल्ड मेडल ,ब्रोन्जी ट्रफी र सिल्भर १ विथ फस्र्ट प्लेस जित्न सफल भएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत तामाङले मकाउ बडी बिल्डिङ एसोसेसनले गत अक्टोबर ११ तारिकमा आयोजना गरेको खेलमा मकाउ, चीन, फिलिपिन्स लगायतका देशका खेलाडीहरूलाई पछि पार्दे गोल्ड मेडल हात पारेका हुन् ।
उनी ८० के.जीको तौलमा समुहमा तृतीय, १७० क्लासिक फिजिक्स तथा उचाइमा प्रथम भएका हुन् ।
मकाउ र चाइनाको संयुक्त आयोजनामा आइरन गेम बडी बिल्डिङ तथा फिट्नेस चम्पियानसीप मकाउको अहिले सम्मकै उत्कृष्ट खेलकुद प्रतियोगिता हो ।
प्रतियोगितामा मकाउ, चाइना, फिलिपिन्स र नेपाल गरी चार देशका १५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो ।
साबिक कल्याणपुर गाविस घर भएका तामाङ वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत रहेका छन । ड्युटीसंगै शारीरिक सुगठनमा निरन्तर अभ्यासरत उनको सफलतालाई ठुलो उपलब्धीको रुपमा लिइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया