नुवाकोटका तामाङले जिते शारीरिक सुगठनमा गोल्ड मेडल
नुवाकोट । नुवाकोटका सन्तोष तामाङले शारीरिक सुगठन प्रतियोगितामा गोल्ड ट्रफी,गोल्ड मेडल ,ब्रोन्जी ट्रफी र सिल्भर १ विथ फस्र्ट प्लेस जित्न सफल भएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत तामाङले मकाउ बडी बिल्डिङ एसोसेसनले गत अक्टोबर ११ तारिकमा आयोजना गरेको खेलमा मकाउ, चीन, फिलिपिन्स लगायतका देशका खेलाडीहरूलाई पछि पार्दे गोल्ड मेडल हात पारेका हुन् ।
उनी ८० के.जीको तौलमा समुहमा तृतीय, १७० क्लासिक फिजिक्स तथा उचाइमा प्रथम भएका हुन् ।
मकाउ र चाइनाको संयुक्त आयोजनामा आइरन गेम बडी बिल्डिङ तथा फिट्नेस चम्पियानसीप मकाउको अहिले सम्मकै उत्कृष्ट खेलकुद प्रतियोगिता हो ।
प्रतियोगितामा मकाउ, चाइना, फिलिपिन्स र नेपाल गरी चार देशका १५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो ।
साबिक कल्याणपुर गाविस घर भएका तामाङ वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत रहेका छन । ड्युटीसंगै शारीरिक सुगठनमा निरन्तर अभ्यासरत उनको सफलतालाई ठुलो उपलब्धीको रुपमा लिइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र
नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार





प्रतिक्रिया