पैसा कमाउन चुनाव लड्न लाग्या हैन : सुमन पाण्डे
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका सुमनबिक्रम पाण्डेले नुवाकोटको पर्यटन प्रबद्र्धन र बिकासका लागि लागी आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
विदुरमा पत्रकार सम्मेलन गर्दै उनले ३३ बर्षको आफ्नो लामो पर्यटन क्षेत्रको अनुभबलाई जिल्ला र केन्द्रका बीचमा जोड्ने पुलको काम गर्ने बताए । उनले जिल्लाको परिवर्तन र विकासका लागि आफुले जित्नुको विकल्प नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गर्न क्षेत्र नं. २ का नागरिकहरूसंग अपिल गरेका छन् ।
भर्खरै स्थापना भएको पार्टी भएपनि नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीको महौल उल्लेख्य स्थापित हुँदै गएको उनको भनाई रहेको छ । विभिन्न क्षेत्रमा काम गर्ने जिल्लाका नागरिकहरूको आग्रहमा उम्मेदवारी दिएको उनको भनाई छ । पुराना राजनीतिक दलहरूसंग नागरिक वाक्कदिक्क भएकोले आफ्नो सम्भावना बलियो रहेको तर्क पाण्डेको छ ।
‘हामी त भिजनसहित आएका छौं, हामी राजनीतिबाट कमाउनका लागि पनि होइन’ पाण्डेले भने– हाम्रो उद्देश्य सेवा र विकासका लागि भन्नेमा सबै क्लियर छन् ।’ आफ्नो राजनीतिक यात्रको उद्देश्य नुवाकोटलाई अर्को तहको विकास चरणमा प्रवेश गराउने रहेको सुमनविक्रम पाण्डेले बताएका छन् ।
पर्यटन ब्यवसायबाट नै आफ्नो व्यक्तिगत उन्नती भइसकेकोले पदको दुरुपयोग नगर्नेमा आफु पर्ने र नुवाकोटको सम्वन्ध अन्तराष्ट्रिय स्तरमा स्थापित गर्ने हैसियत आफ्नो रहेको उनको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया