अमात्य र लामाको उम्मेद्धवारी फिर्ता

विदुर खबर २०७९ असोज २७ गते ११:४९

नुवाकोट । नेपाली कांग्रेसको तर्फबबाट क्षेत्र नम्बर २ को प्रदेश (क) र प्रदेश (ख) मा उम्मेद्धवारी दिएका गिता अमात्य र सिंहराज लामाको उम्मेद्धवारी फिर्ता भएको छ ।

Advertisement

बुधवार छुट्टाछुट्टै विज्ञप्ती सार्वजनिक गर्दे उनीहरुले आफ्नो उम्मेद्धवारी फिर्ता भएको जानकारी दिएका छन् । साथै उम्मेद्धवारी फिर्तासँगै आफ्नो सर्मथन गठबन्धन दलका साझा उम्मेद्धवार रामप्रसाद ढुङ्गाना र बहादुरसिंह लामालाई सर्मथन रहेको बताएका छन् ।

निर्वाचन कार्यालयले बुधवार दिउँसो १ बजेसम्म उम्मेद्धवारी फिर्ता लिने समय तोकेको निर्धारित समयमा उनीहरुको उम्मेद्धवारी फिर्ता हुन नसकेको मुख्य निर्वाभन अधिकृतको कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

गठबन्धनको भाग बन्डाअनुसार नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश (क) मा नेकपा एकीकृत समाजवादीका राजेन्द्र लोहनीले उम्मेदवारी दिएका थिए ।

लोहनीले सामाजिक सञ्जालमा भने आफूले उम्मेदवारी फिर्ता लिएको स्टाटस लेखेका छन ।

Advertisement

निर्वाचन क्षेत्र नं. १ मा दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका सरोज गिरी र निर्वाचन क्षेत्र १ को २ बाट नरहरि भेटवालले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत टेकराज भुसालले बताए ।

निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा १७ कायम भएका छन् भने प्रदेशसभा क्षेत्र नं. १ को १ मा ७ जना र २ को २ मा ९ जना कायम भएका छन् । निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभा गरी २८ जना कायम भएका छन् ।

प्रतिक्रिया