बालिका बलात्कार गरेको आरोपमा नुवाकोटका सुनार पक्राउ
नुवाकोट । बलात्कार गरेको आरोपमा नुवाकोटका एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ घर भई हाल काठमाडौ बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई रहेको प्रहरीले जनाएको छ ।
उनले रातको समयमा ११ वर्षीया बालिका सुतिरहेको अवस्थामा कोठामा गएर बलात्कार गरेको आरोपमा प्रहरीले भत्तपुरबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।
उनका अनुसार सुनारलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी बालिकालाई निजकै कोठामा गई जबरजस्ती करणी गरेको कसुरमा सुनारलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
सुनारलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भइरहेको पाण्डेले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया