निजामति सेवा दिवस नुवाकोटमा पनि मनाईयो

विदुर खबर २०७५ भदौ २२ गते ५:०८

Advertisement

नुवाकोट भदौ २२, ‘नतिजामुखी प्रशासन संमृद्धि र सुशासन’ भन्ने नाराको साथ १५ औ निजामति सेवा दिवस नुवाकोटमा पनि विविध कार्यक्रम गरी मनाईएको छ ।

आधिकारी ट्रेड यु्नियन महासंद्धघको आयोजनामा शुक्रबार बिहान नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारदेखि विदुरसम्म प्रभातफेरी सहित निस्केको ¥याली जिल्ला समन्य समितिको कार्यलयमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्नुहुँदै जिल्ला अदालतका न्यायधिस क्रषिकेश वाग्लेले निजामति सेवा सबैको लागि आर्कषण केन्द्र भएकोले सबै कर्मचारीले त्यसको गरिमा कायम राख्नुपर्ने बताउनुभयो । त्यस्तै सो कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले निजामति कर्मचारीको मुख्य उदेश्य नै जनताको सेवा गर्ने रहेको भन्दै जनताको सेवालाई नै पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

Advertisement

कार्यक्रममा नागरिक समाजका अध्यक्ष बावुराम लामिछानेले निजामति सेवा सबै सपना भएकोले सबै निजामति कर्मचारीले त्यस पदको इज्जत बढाउने काम गर्नुपर्ने बताए । त्यस्तै नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले लामो समय स्थानिय तहमा जनप्रतिनिधि नभएको समयमा निजामति कर्मचारीले देश चलाएको भन्दै जनताको मुहारमा खुसी ल्याउन निजामति कर्मचारीले गहन भुमिका खेल्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी उपरिक्षक वसन्त कुवर,नेपाली सेनाका सेनानी , जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत नन्दलाल शर्मा लगायत विभिन्न सरकारी कार्यलयका प्रमुख तथा कर्मचारीहरुका सहभागिता रहेको थियो । यसअघि आधिकारिक ट्रेड युनियन महासंघले बुधवार वृहत रत्तदान र विहिबार वृश्रारोपण गरेको थियो । कार्यक्रममा रत्तदान गर्नेहरुलाई सम्मान समेत गरिएको छ ।

Advertisement

प्रतिक्रिया