धादिङ १ मा पाण्डे र त्रिपाठीको भिडन्त हुने
नुवाकोट । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा राजेन्द्र पाण्डे र भूमि त्रिपाठी चुनावी अभियानमा सँगै थिए । उनीहरू मतदाताबीच सँगसँगै हात जोड्दै भोट मागिरहेका थिए ।
गत निर्वाचनमा भूमि त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने राजेन्द्र पाण्डे सोही क्षेत्रको ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार । दुवै नेता वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए र दुवै विजयी पनि बने ।
त्यसो त, चुनावमा सँगसँगै भोट माग्ने यो क्रम झण्डै चार दशकदेखि जारी थियो । तर, यसपटक भने उनीहरूबीचको सहकार्य टुटेको छ । पाण्डे २०३० देखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन् । पाण्डेलगायतका नेताहरूले संगठित गरेका त्रिपाठी भने २०३७ बाट विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन् ।
२०३९ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि त्रिपाठी कानुन अध्ययनमा लागे । उनले अध्ययनसँगै कानुनसम्बन्धी काम गर्ने गैरसरकारी संस्थाहरूमा सक्रिय भए । पेशाले अधिवक्ता रहेका उनी पूर्णकालीन राजनीतिमा २०६४ पछि बढी सक्रिय भए ।
गत निर्वाचनमा संसदीय राजनीतिमा आएका उनी पहिलो प्रयासमा अत्यधिक मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
राजनीतिशास्त्रमा स्नातकोत्तर राजेन्द्र पाण्डे भने तीसको दशकदेखि लगातार राजनीतिमा सक्रिय छन् । उनी अहिलेसम्म चार पटकसम्म संसद् सदस्यमा निर्वाचित भइसकेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री रहेका पाण्डे यसपटक प्रदेशसभा छाडेर प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका हुन् ।
झण्डै चार दशकसम्म एउटै पार्टी र चिन्हसहित सहकार्य गरेका नेताद्वय पाण्डे र त्रिपाठी यसपटक फरक पार्टी र गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष रहेका पाण्डे सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका छन् ।
उता एमाले नेता त्रिपाठी भने विपक्षी गठबन्धनबाट उम्मेदवार बन्दैछ । उनलाई राप्रपा र जसपाको समर्थन रहनेछ ।
गत स्थानीय चुनावको मतभार
२०७९ वैशाख ३० गते सम्मन्न स्थानीय चुनावको मतभार हेर्दा यो क्षेत्रमा सत्तारूढ गठबन्धन बलियो देखिन्छ । उक्त निर्वाचनमा सबै वडामा पाएको दलगत मतभारमा एमाले एक्लै सबैभन्दा बलियो देखिन्छ, तर गठबन्धनतिर जाँदा भने सत्तारूढ गठबन्धन अगाडि देखिन्छ ।
उक्त चुनावमा नेकपा एमालेले धादिङ क्षेत्र नं. १ मा सबै वडाहरूमा ३१ हजार ३४० मत प्राप्त गर्यो । नेकपा माओवादी केन्द्रले २१ हजार ३०३ मत प्राप्त गर्दा नेपाली कांग्रेसले १६ हजार १३१ मत पाएको थियो । नेकपा एकीकृत समाजवादीले ६ हजार ९०९ मत प्राप्त गर्दा राप्रपाको ८१५ र स्वतन्त्र उम्मेदवारको ३१० मत देखिन्छ ।
अहिले एमाले र राप्रपाले चुनावी तालमेल गरेको छ । यी दुई पार्टीको मत जोड्दा ३२ हजार १५५ मत पुग्छ । उता सत्तारूढ गठबन्धनको मत भने ४४ हजार ३४३ पुग्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट यो क्षेत्रमा कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तले पनि उम्मेदवारी दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया