अर्जुननरसिंह केसीले दिए नुवाकोट क्षेत्र नं २ मा उम्मेदवारी

विदुर खबर २०७९ असोज २३ गते १९:५६

नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

केसीले कांग्रेसबाट सत्ता गठबन्धनको तर्फबाट नुवाकोट क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका हुन्। केसी आइतबार मनोनयन दर्ता गराउने दिन निर्वाचन अधिकृतको कार्यालय विदुर नै पुगेर उनले उम्मेदवारी दिएका हुन्।

यसअघि नुवाकोट क्षेत्र नम्बर २ को भाग सत्तारुढ गठबनधनको तर्फबाट नेपाली कांग्रेसलाई परेपनि टिकट कसले पाउने भन्ने अन्यौल बढेको थियो । टिकटमा केसी र बहादुरसिंह लामा दुबैले दाबी गरेका थिए ।

Advertisement

तर बहादुरसिंह लामाललाई नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश ख मा उम्मेद्धवार बनाएर बाग्मति प्रदेशको मुख्यमनित्र बनाउने सहमति भएपछि लामाले नुवाकोट क्षेत्र नम्बर २ केसीलाई छाडेका हुन् ।

प्रतिक्रिया