पोस्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालय प्रथम

विदुर खबर २०७९ असोज १० गते २१:३८

नुवाकोट । जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा पोस्टबहादुर बोगटी बहु प्राबिधिक शिक्षालयले प्रथम स्थान हासिल गरेको छ ।

Advertisement

प्रतियोगितामा पोस्टबहादुर बोगटी बहु प्राबिधिक शिक्षालयको तर्फबाट निशा खतिवडा ,रितेश ढकाल र पुजा अधिकारीले सहभागिता जनाएका थिए ।

अखिल नेपाल रााष्ट्रिय स्वतन्त्र युनियन क्राान्तिकारीको आयोजनामा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा दोस्रो स्थान नुवाकोट आर्दश बहुमुखी कलेजले हात पारेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा भएको प्रतियोगिताको तेस्रो स्थान मुकुन्देश्वरि माध्यामिक विद्यालयले हात पारेको छ ।

प्रतियोगिताको प्रथम द्धितिय र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

Advertisement

प्रतियोगितामा जिल्लाभरिका १३ क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको अखिल क्राान्तिकारी नुवाकोटका अध्यक्ष निराजन बोगटीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया