नुवाकोटका रविन्द्र रिमाल सुन चोरेको आरोपमा पक्राउ
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ का रविन्द्र रिमाल सुन चोरेको आरोपामा पक्राउ परेका छन् ।
नुवाकोट घर भएका रिमाल हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ को मच्छेगाउँ बस्दै आएको प्रहरीले जनाएको छ ।
रिमालले चोरेको गहना किन्ने काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ घर भइ सतुंगलस्थित सुनचाँदी पसल गरी बस्ने सुजन सुनारलाई समेत चोरीको गहना चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
भदौ ५ गते चोरी भएको उजुरी आएपछि प्रहरी बृत्त थानकोटबाट खटिएका प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीद्वारा अनुसन्धानका बिविध बिधि र प्रविधिसमेतको प्रयोग गरी अनुसन्धान गर्दै जाँदा घरमा रङ लगाउने काम गर्ने रविन्द्रले सुनका गरगहना चोरी गरेको खुल्न आएको थियो ।
अनुसन्धानको क्रममा रिमालले उक्त गहना बेचेको समेत खुल्न आएकोले रिमाल र गहना किन्ने कार्यमा संलग्न ब्यक्तिलाई समेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुबै जना उपर मुलुकी फौजदारी अपराध संहिता ऐन, २०७४ को डाँका तथा चोरी कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया