नुवाकोटका रविन्द्र रिमाल सुन चोरेको आरोपमा पक्राउ

विदुर खबर २०७९ असोज ९ गते ८:०८

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ का रविन्द्र रिमाल सुन चोरेको आरोपामा पक्राउ परेका छन् ।

Advertisement

नुवाकोट घर भएका रिमाल हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ को मच्छेगाउँ बस्दै आएको प्रहरीले जनाएको छ ।

रिमालले चोरेको गहना किन्ने काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ घर भइ सतुंगलस्थित सुनचाँदी पसल गरी बस्ने सुजन सुनारलाई समेत चोरीको गहना चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

भदौ ५ गते चोरी भएको उजुरी आएपछि प्रहरी बृत्त थानकोटबाट खटिएका प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीद्वारा अनुसन्धानका बिविध बिधि र प्रविधिसमेतको प्रयोग गरी अनुसन्धान गर्दै जाँदा घरमा रङ लगाउने काम गर्ने रविन्द्रले सुनका गरगहना चोरी गरेको खुल्न आएको थियो ।

अनुसन्धानको क्रममा रिमालले उक्त गहना बेचेको समेत खुल्न आएकोले रिमाल र गहना किन्ने कार्यमा संलग्न ब्यक्तिलाई समेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Advertisement

पक्राउ परेका दुबै जना उपर मुलुकी फौजदारी अपराध संहिता ऐन, २०७४ को डाँका तथा चोरी कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया