नुवाकोटमा दुईदिने बालसाहित्य महोत्सव सम्पन्न

विदुर खबर २०७९ असोज ५ गते १९:०२

नुवाकोट। नुवाकोटमा आयोजित दुईदिने बाल साहित्य महोत्सव सकिएको छ ।

Advertisement

महोत्सव रुम टु रिड, नेपाल बाल साहित्य समाज र रुडेक नेपाल नुवाकोटले संयुक्त रुपमा आयोजना गरेको हो । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा ‘किताब पढौं, अगाडि बढौं’ भन्ने नाराका साथ असोज ४ र ५ गते गरिएको महोत्सवलाई ३ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।

मोहोत्सवमा बोल्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले बालबालिकालाई बढ्ने बानीको विकास गराउन महोत्वसवले सघाउने बताए । ‘हामीले सिकाएको संस्कार चाहे हिन्दू, किरात अथवा इस्लाम होस्‚ यी सबैले हाम्रा केटाकेटीलाई पढाउनुपर्छ भन्दा रहेछन् ।

Advertisement

अब हामीले केटाकेटीलाई अधिकार पढाउने कि कर्तव्य पढाउने ?’ उनले भने, ‘हामी के पढाउने भन्ने अचम्ममै छौं । अभिभावकले लेख्ने/लेखाउने सामाग्रीहरू हामीसँग रहेनछ । न चाइनिजजस्तो न अमेरिकीजस्तो । हाम्रो अधिकारको चिन्तनले अमेरिकीजस्तो देखिन्छ । व्यहारको चिन्तनले चाइनिजजस्तो देखिन्छ ।’

शिक्षा क्षेत्रमा देखिएको अवस्थाका शिक्षाविद् कोइरालाले चिन्ता व्यक्त गरे । प्रा.डा. शैलेन्दुप्रकाश नेपालले पढ्नका लागि बालबालिकालाई प्रेरित गर्नुपर्ने बताए ।

Advertisement

बालबालिकामा पठनीय संस्कृति बढाउने; आलोचनात्मक चिन्तन विकास गर्ने र उनीहरूको सिर्जनशीलता बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उपाध्यक्ष प्रमोद प्रधानले बताए । महोत्सवमा बालसाहित्य पुस्तकको प्रदर्शनी, कस्तो शिक्षा दिने भन्नेबारे बहस, कथा, कविता वाचन, निबन्ध, चित्रकला, अभिनय, भित्तेपात्रोलगायत सात विधामा विज्ञहरूबाट सिर्जनात्मक कार्यशालाहरू सञ्चालन गरिएको महोत्सवका संयोजक तथा रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले बताए ।

महोत्सवमा समाजका पूर्वअध्यक्ष रामबाबु सुवेदी, तेजप्रकाश श्रेष्ठलगायत उपस्थिति रहेको थियो । रुम टु रिड साक्षरता कार्यक्रम निर्देशक नेत्र दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया