नुवाकोटमा शिखर इन्स्योरेन्सले शिखर चुमेको सरोकारवालाहरुको भनाई

विदुर खबर २०७९ असोज ३ गते २१:५९

नुवाकोट । नुवाकोटमा शिखर इन्स्योरेन्सले जनताहरुको मन जितेर शिखर चुमेको सरोकारवालाहरुले बताएका छन् ।

Advertisement

सोमवार विदुरमा आयोजित बिमा सचेतना कार्यक्रममा बोल्दै सरोकारवालाहरुले जिल्लामा रहेका ननलाइफ इन्स्योरेन्सहरुमध्ये शिखर इन्स्योरेन्स नै सबैको रोजाइमा परेको भन्दै खुशी व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले शिखर इन्स्योरेन्सले वास्तविक रुपमा किसानहरुको समस्याहरुलाई सम्बोन गरेकोले सबैको रोजाइमा पर्न सफल भएको बताए । उनले जिल्लामा रहेका निर्जिवन विमा कम्पनिहरुमध्ये शिखर इन्स्योरेन्सले गर्ने कामले आफु प्रभावित भएको बताए ।

Advertisement

कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उप–प्रमुख शिव दाहालले जिल्लाको सबै स्थानमा शिखर इन्स्योरेन्सले सेवा दिन सकेको भन्दै खुशी व्यक्त गरे । उनले बेलकोगढी नगरपालिकामा शिखर इन्स्योरेन्स दर्ता हुन ढिलो भएकोले आफुहरुलाई गर्न केही असहज भएको बताए ।

कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, म्यागङ गाउँपालिकाका उपाध्यक्ष सिता लामा, विदुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल, विदुर खानेपानी सरसफाइ उपभोत्ता समितिका अध्यक्ष संजीव श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की लगायतले नुवाकोट र रसुवामा कार्यक्षेत्र भई बट्टारमा रहेको शाखाबाट कृषक तथा व्यवसायीहरुले धेरै लाभ लिन सकेको बताए ।

Advertisement

उनीहरुले कृषी विमाको विषयमा समस्या हुँदा शाखा कार्यालयबाट निकै तदारुकताका साथ सेवा प्रवाह भएको बताए ।

कार्यक्रममा कृषकहरुले अवका दिनमा इन्स्योरेन्सले दक्ष जनशक्ति जिल्लामै राखे सेवा प्रवाह अझै बढी चुस्त गतिमा अघिबढ्ने बताएका थिए ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया