एमालेले चयन गर्‍यो समानुपातिक उम्मेदवारहरूको नामावली

विदुर खबर २०७९ असोज ३ गते ७:१४

नुवाकोट ।  नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवारहरू तय गरेको छ ।

Advertisement

आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली टुंगो लगाएको हो ।

जस अनुसार प्रतिनिधिसभाका लागि ११० जनाको नामावली तय गरिएको छ भने प्रदेशसभाका लागि पनि २२० जनाको नामावली तय गरिएको छ ।

Advertisement

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘बैठकले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा अन्तर्गत ४० प्रतिशतले हुने समानुपातिक उम्मेदवारहरूको नामावली प्रस्ताव गरी पारित गरिएको छ ।’

एमालेले ११० जना समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा आदिवासी, जनजातितर्फ ३२ जना, खर्स आर्यतर्फ ३४ जना, त्यस्तै थारुतर्फ ७ जना, दलिततर्फ १५ जना, मधेशीतर्फ १७ जना परेका छन् । तीमध्ये ९ जना महिला, ८ जना पुरुष र मुस्लिमतर्फ ५ जना छन् । जसमा ३ जना महिला र २ जना पुरुष छन्। महिला ५७ जना हुने गरेर ११० समानुपातिकतर्फका उम्मेदवारहरूको नाम तय गरिएको नेता गुरुङले बताए ।

Advertisement

त्यस्तै प्रदेश नम्बर १ का लागि २० जना महिला नकट्ने गरी ३७ जनाको नाम लिस्ट तयार गरेको बताइएको छ । मधेश प्रदेशको लागि २३ जना महिला नघट्ने गरेर ४३ जनाको नामावली तयार पारेको पनि गुरुङले बताए । त्यस्तै वाग्मती प्रदेशका लागि आदिवासी जनजातिहरूको २३ जना, १२ महिला र ११ पुरुष परेका छन् ।

त्यस्तै खसआर्यतर्फ १६ जना । तीमध्ये महिला ८, पुरुष ८ रहेका छन् । थारुतर्फ १ जना महिला हुनुका साथै दलिततर्फ ३ जनाको नाम तय भएको छ । जसमध्ये २ महिला र १ पुरुष छन्।

मधेशीतर्फ १ जना महिला छन्। त्यस्तै गण्डकी प्रदेशका लागि आदिवासी, जनजातितर्फ २३ जना । १२ जना महिला, ११ जना पुरुष । खस आर्यतर्फ ९ जनामा ५ जना महिला र ४ जना पुरुष छन्। त्यस्तै दलिततर्फ ४ जना । २ जना महिला र २ जना पुरुष । गण्डकी प्रदेशको २४ जनाको नामावली तयार भएको छ । त्यसमा महिला १३ जना रहने व्यवस्था गरिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशको लागि आदिवासी, जनजातिको तर्फबाट ७ जना । ४ जना महिला, ३ जना पुरुष । खसआर्यतर्फ १७ जनामध्ये ९ जना महिला र ड जना पुरुष छन्। थारुतर्फ ५ जनामध्ये ३ जना महिला र २ जना पुरुष । मधेशीमा ५ जनामध्ये ३ जना महिला र २ जना पुरुष छन्।

यसैबीच मुस्लिममा ३ जनामध्ये २ जना महिला र १ जना पुरुष गरेर महिला २० जना नघट्ने गरी ३५ जनाको नाम पनि चयन भएको छ । तीन जना अल्पसंख्यकसहित रहनेगरी नामावली तयार परेका छौं । त्यस्तै गरेर कर्णाली प्रदेशका लागि आदिवासी, जनजातिको १ जना महिला । खसआर्यको तर्फबाट १० जनामध्ये ५ जना महिला, छ जना पुरुष । दलिततर्फ ४ जनामध्ये २ जना महिला, २ जना पुरुष ।

यसमा १६ जनामध्ये ५ जना पिछडिएको क्षेत्रसमेत रहने गरेर बढीमा महिला ८ जना गरेर हामीले यो लिष्ट तयार गरेका छौं । र, सुदूरपश्चिम प्रदेशका लागि आदिवासी, जनजातिको १ जना महिला । खसआर्य तर्फबाट ६ जना महिला, ६ जना पुरुष । थारुतर्फ २ जना पुरुष, २ जना महिला । र, दलिततर्फ २ जना महिला र २ जना पुरुष । साथै, मधेशी १ जना महिला र मुस्लिम १ जना महिला गरेर २१ जनामा ३ जना पीछडिएको क्षेत्रसहित महिला ११ जना गरेर हामीले टोटल प्रदेशसभाका लागि २२० जनाको नाम लिष्ट तयार गरेका छौं । यो नामावली भोली निर्वाचन आयोगमा बुझाउँछौं ।’

प्रतिक्रिया