फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य,पेट्राेलमा १, डिजेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि

नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि भएको छ।
आयल निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रति लिटर १ सय १२, डिजेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रिवितरण हुने छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले बढाएर १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। निगमकाे संचालक समितिकाे अाज बसेकाे बैठकले मूल्य बढाउने निर्णय गरेकाे हाे।
पछिल्लो पटक वृद्धि भएको मूल्य बुधबार राती १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ। पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल/भारतीय मुद्राको अवमुल्यन भएको र सोही मुताविक इण्डियन आयल कर्पोरेसनबाट १ सेम्टेम्बरमा मूल्य बढेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएकाे छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया