नुवाकोट निर्माण व्यवसायी संघमा महासचिव वाहेक प्याकुरेलको टिमनै विजयीे
नुवाकोट । नुवाकोट निर्माण व्यवसायी संघको निर्वाचनमा महासचिव वाहेक सबै पदमा प्याकुरेल प्यानल विजयी विजयी भएका छन् ।
केही समय अघि सम्पन्न मतगण्नामा आफ्ना निकटतम प्रतिद्धन्दी कृष्णप्रसाद थपलियाको प्यानललाई पराजित गरि प्याकुरेल प्यानलले महासचिव वाहेक सबैमा जित निकालेको हो ।
अध्यक्षमा विजयी भएका शैलेन्द्रराज प्याकुरेलले १४१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी कृष्ण प्रसाद थपलियाले ११९ मत प्राप्त गरेका छन् । प्याकुरेल र थपलियाको मतान्तर २२ मतको रहेको छ ।
यस्तै वरिष्ट उपाध्यक्षमा प्याकुरेल प्यानलका गणेशवहादुर तामाङ विजयी भएका छने उनले १४७ मत प्राप्त गर्दा थपलिया प्यानलका पशुपति थापाले १०७ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा प्रज्वल कार्की १३९ र रामचन्द्र श्रेष्ठ १३२ मत ल्याएर विजयी भए । सचिवमा शिवलाल श्रेष्ठ १५८ मत ल्याएर विजयी भए । कोषाध्यक्षमा श्यामवहादुर तामाङले १५२ मत पाए । कोषाध्यक्ष्मा विजयी भएका योविन्द्रसिंह थापाले लोकप्रिय मत १७१ मत ल्याएर विजयी भएका छन् ।
सदस्यहरुमा जीवन मर्हजन १४१, श्रीराम तामाङ १४०, विनोद थापा १४१, बावुकाजी थापामगर १३२, दशरथ थापा १३० र कटक वहादुर ढुङ्गानाले १२२ मत ल्याएर विजयी भएका छन् ।
अध्यक्षमा विजयी भएका प्याकुरेलको प्यानललाई कांग्रेस निकट निर्माण व्यवसायीहरुको मात्रै नभई एमाले, माओवादी केन्द्र निकटका निर्माण व्यवसायीहरुको समेत साथ रहेको थियो ।
यसअघि आज सम्पन्न मतदानमा २ सय ६८ मत खसेको निर्वाचन समितिले जनाएको छ । नुवाकोट निर्माण व्यवसायी संघमा २ सय ९३ जा मतदाता रहेका छन् ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया