शिवपुरीमा तिज गित प्रतियोगिता सम्पन्न

विदुर खबर २०७५ भदौ २० गते ११:४०

Advertisement

नुवाकोट,नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनमा मंगलबार तिज गित प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

प्रतियोगितामा ४ महिला समुहले सहभागिता जनाएको गाउँपालिका उपाध्यक्ष मञ्जु केशीले बताउनुभयो । प्रतियोगितामा शिवपुरी वडा नं ५ महाकालीकी ललिता भण्डारीको समूह प्रथम भएको थियो भने दोस्रो दोसो वडा नं ६ समुन्द्रादेविकी दुर्गा तामाङको समूह भएको थियो । त्यस्तै प्रतियोगितामा तेस्रो स्थान वडा नं ४ सिक्रेकी रामदेवि श्रेष्ठको समुहले हात पारेको थियो । चौथो स्थान वडा नं ८ की कल्पना श्रेष्ठ समूह भएको थियो ।
प्रतियोगितामा प्रथम हुने समूहलाई ६ हजार ५ सय रुपैयाँ दोस्रो हुनेलाई ४ हजार ५ सय रुपैयाँ, तेस्रो हुने टोलीलाई २ हजार ५ सय रुपैयाँ र चौथो स्थान प्राप्त गर्नेलाई १ हजार ५ सय रुपैयाँ तथा प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र उपाध्यक्ष मञ्जु केसिले प्रदान गर्नु भएको थियो ।

Advertisement

प्रतियोगितामा निर्णयकमण्डल भुमिकामा गायक मिलन श्रेष्ठ, रामहरि भण्डारी र उदब कार्की रहेका थिए । कार्यक्रममा नेकपाका नेता पदम उप्रेती । गाउँपालिकाका वडाअध्यक्षहरु सहभागी भएका थिए ।

प्रतिक्रिया