किस्पाङको शान्तिबजारमा ट्रकको ठक्करबाट एकको मृत्यु,चालक प्रहरीको नियन्त्रण्मा

नुवाकोट÷ नुवाकोटको किस्पाङ गाउपालिका वडा नं ५ शान्तिबजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शान्तिबजारका अन्दाजी ३५ वर्षिय सुर्य पुडासैनी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । मंगलबार विहान करिव ८ बजेको समयमा शान्तिबजारमा रोकी राखेको ना ५ ख १४०४ नम्बरको ट्रक र सोही ट्रक पछाडी रोकी राखेको ना ६ ख ६१६५को ट्रकको बिचमा पुडासैनी रहेका थिए । उनलाई ना ५ ख १४०४ नम्बरको ट्रकले ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो । घाइते भएका पुडासैनीलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउदै गर्दा बढि सिरियस भएका कारण भैसेबाट थप उपचारको हेटिकप्टर मार्फत काठमाण्डाको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मृतक पुडासैनीलाई ठक्कर दिने ट्रक र ट्रक चालक जिल्ला संखुवाशभा हरैचा नगरपालिका वडा नं.. ५ का तिर्थप्रसाद कार्कीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया