बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा निशुल्क आँखा शिविर सम्पन्न

विदुर खबर २०७९ भदौ २८ गते २१:०५

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा सञ्चालन भएको निशुल्क आखा शिबिरमा १ सय ४१ जना नागरिकले सेवा लिएका छन् ।

Advertisement

बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा आयोजित १ दिने आखा शिबिरको मंगलवार बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले उद्घाटन गर्दै नगरपालिकाले स्वाथ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाका नागरिकहरुको स्वास्थ्य प्रति चिन्तनशील रहेको र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि प्रयासरत रहेको बताउनुभयो ।

बेलकोटगढी नगरपालिका वडा नंम्बर १० र दृष्ट्रि« आँखा केन्द्र कलंकीको समन्वयमा हरेक महिनाको २८ गते निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्ने सहमति भएको छ । सोही सहमति अनुसार निरञ्जना आधारभुत स्वास्थ्य केन्द्रमा पहिलो पटक शिविर आयोजना गरिएको जनाएको छ ।

Advertisement

६१ जना भन्दा धेरैलाई निःशुल्क चस्मा वितरण गरिएको थियो । कार्यक्रमका सभापति वडा नं। १० का वडा अध्यक्ष प्रलादप्रसाद थपलियाले वडावासीको स्वास्थ्य तथा दृष्ट्रि«क्षमता बढाउनका लागि प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने क्रममा आँखा शिविर सञ्चालन गरिएको बताउनुभयो ।  आँखा उपचारसँगै अन्य रोगको उपचार शिविर तथा स्वास्थ्य उपचारसमेत गराउन वडा प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपपम्रमुख शिवप्रसाद दाहाल, वडा नम्बर ९ का वडा अध्यक्ष दुर्गाप्रसाद गजुरेल, ११ का वडा अध्यक्ष प्रकाशजंग पाण्डे, ५ नम्बर वडाका वडा अध्यक्ष मदन भुजेल, नेपाली कांग्रेसका राजेन्द्र थपलिया, नेकपा एमालेका जिबराज कडेल, माओवादी केन्द्रका मानबहादुर राना, राप्रपाका राजाराम पाण्डे लगायतले आँखा शिविरको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Advertisement

प्रतिक्रिया