नुवाकोटको त्रिशूली अस्पतालमा डेंगुको परीक्षण निःशुल्क

विदुर खबर २०७९ भदौ २७ गते १८:१९

नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालले डेंगुको परीक्षण निःशुल्क गर्ने भएको छ ।

Advertisement

गत बुधबारबाट अस्पतालले डेंगुको निःशुल्क गर्न थालेको हो । अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जारी गरेको सूचनामा जिल्लामा पनि दिन प्रतिदिन डेंगुको विरामी बढीरहेकोले डेंगुको परीक्षण निःशुल्क गरेको उल्लेख गरिएको छ ।

यस्तै, अस्पतालले आर्थिक रूपले विपन्नलाई रगत पनि निःशुल्क दिने भएको छ ।

Advertisement

आर्थिक रूपले विपन्न र आकस्मिक रूपमा तत्काल उपचारको आवश्यकता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने रगत र रक्ततत्वमा प्रयोग हुने रगत र रक्त परीक्षण निःशुल्क गराइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया