एमाले गएका दुप्चेश्वरका १ का निर्वतमान अध्यक्ष सुनवहादुर कांग्रेसमै फर्किए
विदुर खबर
२०७९ भदौ २७ गते ११:४१
नुवाकोट । गत वैशाख १२ गते एमाले प्रवेश गरेका दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का निर्वतमान वडाध्यक्ष सुनवहादुर तामाङ नेपाली कांग्रेस नै फर्किएका छन् ।
कांग्रेसले टिकट वितरण गर्दा अन्याय भएको भन्दै एमाले प्रवेश गरेका तामाङ पुरानो घर कांग्रेस नै फर्किएका हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा विजयी भएपछि नुवाकोटमा मात्रै नभई देशभर सुनबहादुर तामाङ चर्चित बनेका थिए ।
उनी त्यसै चर्चित भने भएका होइनन ।
उनी माथि चारसय भन्दा बढी चेलीबेटी बेचबिखन गरि भारत लगेर बेचेको र भारतमै कोठी चलाएको आरोप लागेको थियो । यद्यपी उनले उक्त मुद्दाबाट सफाइ पाए ।
सुनबहादुरको बेला मौकामा विभिन्न हर्कत जारी छ । हाल आएर एमाले बनेका सुनबहादुर पुनः काङ्ग्रेसमा फर्केको घटनाले भने राजनीति धार र संरक्षणका घटना ठिटलाग्दो देखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया