कोटेश्वरमा फेरि डोजर चल्यो, माछापोखरी र कमलादी पनि निशानामा
नुवाकोट । काठमाडौं महानगरपालिकाले तीनकुने–कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन शुरू गरेको छ । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटकपटक माइकिङ गर्दै आएको थियो ।
कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले पटकपटक आग्रह गर्दा अटेर गरेपछि हटाउन शुरू गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अनधिकृत संरचनासँगै बाटो छेउमा राखेको भ-याङ निर्माण सामग्रीसमेत हटाउनेछौं ।’
कामपाले सोमबार माछापोखरी, कमलादीलगायतका क्षेत्रको संरचनामा डोजर चलाउने तयारी गरेको छ । ‘कमलादीमा भूमिगत पार्किङ नभएको सूचना पाएका छौं, त्यसलाई तत्काल हटाउनेछाैं’ –प्रहरी प्रमुख पाण्डेले भन्नुभयो ।
उहाँले माछापोखरी क्षेत्रमा पनि अनधिकृत रूपमा निर्माण भएको संरचना हटाउन आज फेरि डोजर चलाउन लागिएको जानकारी दिनुभयो । यसअघि कामपाले कोटेश्वरको सुन्दरबजारसहितको क्षेत्रमा डोजर चलाएको थियो ।
यसैबीच अनधिकृत रूपमा सञ्चालन भइरहेको लगनखेलको मञ्जुश्री पेट्रोल पम्पलाई ललितपुर महानगरपालिकाले सिल गरेको छ । मेयर चिरिबाबु महर्जन र महानगर प्रहरी प्रमुख सीताराम हाछेथुसहितको टोलीले पेट्रोल पम्ममा सिल गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया