आशा लघुवित्तले ६ करोडको आइपिओ निष्काशन गर्ने

विदुर खबर २०७५ भदौ २० गते ५:१०

आशा लघुवित्त वित्तीय संस्था लिमीटेडले ६ करोड रुपैयाँ बराबरको आइपिओ निश्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

Advertisement

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता आइपिओ निष्कासन गर्ने अनुमति माग्दै भदौ १७ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आयआर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुयाउँदै आएको छ ।

Advertisement

राष्ट्रिय स्तरको यो लघुवित्त संस्थाको चुक्ता पुँजी १४ करोड रुपैयाँ छ । संस्थापक ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।लघुवित्तले गत आर्थिक वर्षको चौथौं त्रैमाससम्म एक करोड १० लाख खुद नाफा गरेको छ ।

प्रतिक्रिया