विदुर खानेपानी निर्वाचनमा गठबन्धन दलको लजास्पद हार, एमालेको प्यानल नै विजयी

नुवाकोट । विदुर खानेपानी सरसफाई तथा उपभोत्ता समितिको निर्वाचनमा उपाध्यक्ष वाहेक संजीव श्रेष्ठको प्यानल नै विजयी भएको छ ।
शुक्रवार विहान सम्पन्न भएको मतगणनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका साझा उम्मेद्धवार नेपाली कांग्रेसका छत्र वहादुर डंगोलको प्यानललाई पराजित गरि एमाले–राप्रपाका साझा उम्मेद्धवार रहेका एमालेका संजीव श्रेष्ठको प्यानल नै विजयी भएको हो ।
कांग्रेसका नेता अर्जुननरसिंह केसी, जगदिश्वरनरसिंह केसी, विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठसहित नेकपा माओवादी र समाजवादीका नेताहरू निर्वाचनको दिन मैदानमै खटिएपनि खानेपानीको चुनावमा गठबन्धन दललाई उपभोक्ताले अस्वीकार गरेका हुन् ।
स्थानीय निर्वाचनमा नमिठो हार व्यहोरेको एमालेले खोनपानी उपभोक्ता संस्थाको चुनाव जितेपछि केही राहतको महशुष गरेको छ । कुल ३ हजार एकसय ४१ मतदाता रहेको खानेपानी संस्थामा बुधबार भएको निर्वाचनमा २ हजार ३ सय २५ मत खसेको थियो ।
अध्यक्षमा विजयी भएका नेकपा एमालेका नेता सञ्जिवबहादुर श्रेष्ठले अध्यक्षमा १२७१ मत प्राप्त गरेका छन । पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता छत्रराज डंगोलले ९४७ मत प्राप्त गरेका छन ।
उपाध्यक्षमा कांग्रेसका उम्मेद्धवार नवराज न्यौपाने विजयी भएका छन् । उनले ९८३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिदन्द्धी राप्रपाका महेश कुमार डगोलले ९४५ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी दिएका मुरारी नेपालले २२७ मत पाए ।
सचिवमा एमालेकै राजेन्द्र पाण्डे १२६४ मत ल्याएर विजयी भएका छन् । उनक निकटतम प्रतिद्धन्दी समाजवादीका नरेश डंगोलले ८७४ मत पाएका छन् ।
कोषाध्यक्षमा अम्बिका चित्रकारले ११८८ मत ल्याएर विजयी भइन् । उनको निकटतम प्रतिदन्दी रविता भट्टले ९२४ मत प्राप्त गरिन ।
महिला सदस्यमा विजयी भएका विष्णुमाया डंगोलले ११६७ र सिता अधिकारीले १०९९ मत प्राप्त गरे । यस्तै पराजित शान्ति श्रेष्ठले ९१० र शुशिला पौडेलले ८९४ मत पाए ।
यस्तै सदस्यमा कृष्ण प्रसाद भट्टले ११३९, दिपक तिम्सिनाले ११०३ र लव प्रसाद न्यौपानेले १०३३ मत प्राप्त गरेर विजयी भए । गठबन्धनका उम्मेद्धवार रामजी भट्ट ९३३, राजेन्द्र सापकोटा ८६१ र पदमकान्त न्यौपानेले ८११ मत प्राप्त गरे ।
यस्तै सदस्यमा स्वतन्त्र उम्मेद्धवारी दिएका विमल खड्काले एकसय ८२ मत प्राप्त गरे ।
खानेपानीको चुनावमा सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा लगायत एकै प्यानल बनाएर मैदानमा उत्रिएका थिए । तर एमाले एक्लै उनीहरूका लागि भारी भएको छ ।
सन्जिव बहादुर श्रेष्ठ नेकपा एमालेको विदुर नगरपालिका इन्चार्ज समेत हुन । प्यानलमा रहेका मध्ये उपाध्यक्ष डंगोल राप्रपाका हुन ।
विदुर खानेपानी सरसफाई तथा उपभोत्ता समितिले विदुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ मा खानेपानी वितरणमा संस्थाले काम गर्दै आएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया