विदुर खानेपानीको चुनावमा २३ सय २५ मत खस्यो
नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थामा नयाँ नेतृत्वको लागि भएको चुनावमा साढे २३ सय मत खसेको छ ।
केही वेरअघि सम्पन्न भएको मतदानमा २ हजार ३ सय २५ मत खसेको मुख्य निर्वाचन अधिकृत जयप्रसाद गौतमले जानकारी दिए ।
विहान ७ बजेदेखि भएको मतदान साँझ ५ बजेसम्म संचालन भएको थियो । निर्वाचनमा मतदाता भन्दा ८ सय १६ मत कम खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
र खानेपानी तथा सरसफाई उपभोत्ता संस्थामा रहेका करिव ४ हजार सदस्यमध्ये ३ हजार एकसय ४१ मतदाता रहेका छन् ।विदुर खानेपानीमा अध्यक्ष उपाध्यक्षसहित ९ सदस्यीय कार्यसमितिको लागि निर्वाचन भएको हो ।
नयाँ नेतृत्व चयनको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका छन भने नेकपा एमाले र राप्रपाले सामुहिक उम्मेद्धवारी दिएको थियो ।गठबन्धनबाट कांग्रेसको तर्फबाट छत्रवहादुर डंगोलले अध्यक्षमा उम्मेद्धवारी दिएका छन् भने एमालेको तर्फबाट संजीव श्रेष्ठ मैदानमा उत्रिएका छन । यस्तै उपाध्यक्षमा मुरारी नेपाल र सदस्यमा विमल खड्काले स्वतन्त्र उम्मेद्धवारी दिएका छन ।
विदुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ मा खानेपानी वितरण गरिरहेको विदर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशनलाई राजनितिक दलले प्रतिष्ठाको विषय बनाएका छन ।
यसअघि २०७५ सालमा सम्पन्न भएको खानेपानी समितिको अधिवेशनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपा प्यानल नै विजयी भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया