विदुर खानेपानीको चुनावमा २३ सय २५ मत खस्यो
नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थामा नयाँ नेतृत्वको लागि भएको चुनावमा साढे २३ सय मत खसेको छ ।
केही वेरअघि सम्पन्न भएको मतदानमा २ हजार ३ सय २५ मत खसेको मुख्य निर्वाचन अधिकृत जयप्रसाद गौतमले जानकारी दिए ।
विहान ७ बजेदेखि भएको मतदान साँझ ५ बजेसम्म संचालन भएको थियो । निर्वाचनमा मतदाता भन्दा ८ सय १६ मत कम खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
र खानेपानी तथा सरसफाई उपभोत्ता संस्थामा रहेका करिव ४ हजार सदस्यमध्ये ३ हजार एकसय ४१ मतदाता रहेका छन् ।विदुर खानेपानीमा अध्यक्ष उपाध्यक्षसहित ९ सदस्यीय कार्यसमितिको लागि निर्वाचन भएको हो ।
नयाँ नेतृत्व चयनको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका छन भने नेकपा एमाले र राप्रपाले सामुहिक उम्मेद्धवारी दिएको थियो ।गठबन्धनबाट कांग्रेसको तर्फबाट छत्रवहादुर डंगोलले अध्यक्षमा उम्मेद्धवारी दिएका छन् भने एमालेको तर्फबाट संजीव श्रेष्ठ मैदानमा उत्रिएका छन । यस्तै उपाध्यक्षमा मुरारी नेपाल र सदस्यमा विमल खड्काले स्वतन्त्र उम्मेद्धवारी दिएका छन ।
विदुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ मा खानेपानी वितरण गरिरहेको विदर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशनलाई राजनितिक दलले प्रतिष्ठाको विषय बनाएका छन ।
यसअघि २०७५ सालमा सम्पन्न भएको खानेपानी समितिको अधिवेशनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपा प्यानल नै विजयी भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया