तामाङ मुक्ति मोर्चा नुवाकोटको अध्यक्षमा सोमबहादुर तामाङ
नुवाकोट । तामाङ राष्ट्रिय मुक्ति मोर्चाको नुवाकोट अध्यक्षमा सोमबहादुर तामाङ चयन भएका छन् ।
शनिवार विदुरमा सम्पन्न मोर्चाको जिल्ला भेलाले तामाङको अध्यक्षमा ५५ सदस्य जिल्ला कमिटी गठन गरेको छ ।समितिको उपाध्यक्षत्रयमा ज्ञानबहादुर तामाङ, बच्चुराम तामाङ, र सानुमाया तामाङ रहेका छन् ।
त्यस्तै सचिवमा सुरज तामाङ, सहसचिवत्रयमा कमल तामाङ, भिम तामाङ र हिरा तामाङ रहेका छन भने कोषाध्यक्षमा लालबहादुर तामाङ, सहकोषध्यक्षद्वयमा दावाछिरिङ तामाङ र उर्ची तामाङ रहेको नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङले आगामि दिनमा गाउँगाउँमा तामाङको संगठन विस्तार गरी समुदायको हक अधिकार र पहिचान स्थापित गराउनका लागि शसक्त भएर लाग्ने बताए ।
जिल्ला भेला प्रमुख अतिथि संघीय सांसद हितबहादुर तामाङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज विमला सुवेदी, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, मोर्चाका वाग्मती अध्यक्ष सोमबले तामाङलगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पेट्रोलको मूल्य ४ रुपैयाँले घट्यो
बट्टारमा पृथ्वीनारायण शाहको शालिक अनावरण
तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना
बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन





प्रतिक्रिया