होटल व्यवसायी सुंघ नुवाकोटको अध्यक्षमा अधिकारी
नुवाकोट । नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् ।
आज भएको दशौ साधारण सभा तथा चौथो अधिबेशनले अधिकारीको नेतृत्वमा सर्वसहमत रुपमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
यस्तै संघको वरिष्ट उपाध्यक्षमा गोविन्द राज न्यौपाने, उपाध्यक्षमा आरएस अधिकारी, रामशरण पौडेल र रमेश तामाङ चयन भएका छन् । त्यस्तै महासचिवमा रविन्द्र चालिसे, उप–महासचिवमा रितेश सुव्वा तामाङ, सचिवमा दिपक गजुरेल र कोषाध्यक्षमा शारदा ढकाल निर्वाचित भएका छन् ।
त्यस्तै संघको सदस्यहरुमा धुव्र बोगटी, चन्द्र घले, सुवास घिमिरे, गोपाल तामाङ, सुरेश पौडेल, नमराज आचार्य, विनोद शेर्पा र सागर शाह चयन भएका छन् ।
यस्तै संघका अन्य सदस्यहरुमा सन्तोषी रिमाल, सविता शाही, गोपालदास श्रेष्ठ, दिपक प्रसाद अधिकारी, सौगात अमात्य, राजकुमार गिरी र दिपक लामा चयन भएका छन् ।
संघको सल्लाहकारमा सुरेशमान तामाङ, दिपेज्द्र पौडेल, सविन राई, सविन श्रेष्ठ, सन्तोष उफ्रेती र राजकुमार आचार्य रहेका छन् ।
यस्तै अधिकारीको नेतृत्वमा आजै वसेको नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको पहिलो बैठकले जिल्लाका होटलहरुमा दक्ष कामदारको अभाव रहेको भन्दै दक्ष जनशक्ति उत्पादन गर्न भन्दै राजकुमार आचार्यलाई तालिम प्रमुख नियुत्ती गरेको छ ।
यसअघि नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको दशौ साधारण सभा तथा चौथो अधिबेशनको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विदुर नगरपालिकाको वडा नम्बर ९ मा रहेको शिलट्याङ्कीलाई नगरपालिकाले पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागको बताए । उनले शिल ट्याङकीलाई नगरपालिकाको मातहत ल्याउने प्रयास भइरहेको समेत बताए ।
त्यस्तै कार्यक्रममा नुवाकोट चेम्बर अफ कर्मसका अध्यक्ष कविन्द्रमान प्रधान र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ बाग्मति प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले जिल्लामा भएका पर्यटनिक क्षेत्रको लाभ होटल व्यवसायीले उठाउन नसकेको बताए ।
यस्तै कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिता अमात्य, पत्रकार महासंघ बाग्मति प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल लगायतले नुवाकोटका होटल व्यवयासीले दिने सेवामा एकरुपमा नरहेको बताए । उनीहरुले जिल्लाका होटलहरुले स्थानिय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छ्न ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको समेत उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया