एमालेले थाल्यो उम्मेदवार छनोटको प्रक्रिया
नुवाकोट । नेकपा एमालेले आगामी मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्ड तयार पार्ने अभ्यास थालेको छ ।
नेकपा पोलिटब्युरोको बिहीबार सम्पन्न दोस्रो बैठकमा उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्डका विषयमा छलफल भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराउनुभएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासल, ललितपुरमा बसेको बैठमा वक्ताहरुले वर्तमान राष्ट्रिय राजनीतिका विषयमा आ–आफ्ना तर्क राखेका थिए । अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आम निर्वाचनका विषयमा प्रकाश पार्नुभएको विज्ञप्तिमा जनाइएको छ । आज शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने विषयहरू पनि तय गरेको छ ।
चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको शपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरुको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनावमा भएको अन्तरघातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने समेत बैठकले ११ एजेन्डा तय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ ।
पार्टीका ५२ हजार ५ सय ५० संगठित सदस्यहरुको नम्बर दोहोरिएकाले त्यसको व्यवस्थापन गर्ने, सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन पेस गर्ने, प्रवास कमिटी सम्बन्धी नियमावली बनाउने पनि बैठकको एजेन्डा रहेको गरुङले जानकारी दिनुभयो ।
बैठकमा पोलिटब्युरो सदस्यहरु खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लीलाबहादुर थापा, रामदयाल मण्डल, निरू पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आ–आफ्ना सुझाव राख्नुभएको थियो ।बैठकले पार्टीको सचिवालयबाट गरिएका निर्णयहरू अनुमोदन गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया