चीनद्वारा एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव, विजुली किन्न गल्छी–रसुवागढी–केरुङ प्रसारण लाइन बन्नुपर्ने

विदुर खबर २०७५ भदौ १८ गते ५:३९

Advertisement

चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो ।
टोलीका सदस्य एवं अन्तरदुत् ल्याईरहेकोमा तिब्बतका लागि एक हजार मेगावाटसम्म विद्युत् नेपालबाट निर्े हाल सिचुवान र कन्काइबाट विद्युत् ल्याईरहेकोमा तिब्बतका लागि एक हजार मेगावाटसम्म विद्युत् नेपालबाट निर्यात गर्न सक्ने प्रस्ताव गरेका छन् ।

बैठकमा चिनियाँ पक्षले नेपालको विद्युत् उत्पादनको प्रक्षेपण, माग तथा आपूर्तिका साथै आदानप्रदान हुनसक्ने अवस्थाबारे योजना ल्याउन प्रस्ताव गर्दै सोही आधारमा अघि बढ्ने बताएको थियो । नेपालले चीनतर्फको प्रसारण लाइनको निर्माण अनुदानमा बनाउनका लागि प्रस्ताव गरेपनि दुवै देशले विद्युत् आदानप्रदान गर्ने भएकोले दुवै देशको लगानी हुनेगरी वित्तीय व्यवस्थापनको प्रारूप तयार गरेर अघि बढाउने प्रस्ताव गरेपनि यसको टुंगो भने लागिसकेको छैन ।

Advertisement

नेपालको विद्युत्को भविष्यको प्रक्षेपणसहित तथ्यांक विश्लेषणको आधारमा वित्तिय व्यवस्थापनलगायत अन्य प्रारूपहरू तयार गरेर अघि बढ्ने कुरा भयो, शनिबार नेपाल फर्केका आयोजना प्रमुख आत्रेयले भने, बैठकमा धेरै सकारात्मक कुरा भएका छन्, एक महिनाभित्र फेरि बैठक बस्ने कुरा भएको छ, कतिपय मुद्दा त्यो बैठकमा छलफल हुने छन् ।

गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) गर्ने सम्झौता भएको सो आयोजना निर्माण भएपछि मात्र केरुङ–काठमाण्डौ रेल निर्माण अघि बढाउन सकिने भएकोले उच्च महत्वका साथ हेरिएको छ । नेपालले आयोजनालाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्समा सहभागी गर्न समेत प्रस्ताव गरिसकेको छ । कारोबार दैनिकबाट ।

Advertisement

प्रतिक्रिया