नुवाकोटमा केसी र महत दाजुभाईको लडाईं : अब कसले पाउँदैछ टिकट ?
विदुर खबर
२०७९ भदौ ६ गते १३:०१
नुवाकोट । नुवाकोटमा नेपाली कांग्रेसभित्र केसी र महत परिवारको राजनीतिक लडाई नौलो होइन ।तीन दशकदेखिको यो परिवारबीचको लडाई नुवाकोटको राजनीतिमा प्रतिष्ठाको विषय बनिसकेको छ । कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धादेखि राष्ट्रिय राजनीतिमासमेत केसी र महत परिवारबीचको लामो द्वन्दको असर प्रष्टै देखिन्छ ।
कांग्रेसको क्रियाशीलसदस्यता वितरणदेखि स्थानीय अधिवेशनका साथै आमनिर्वाचनमा पनि यी दुई परिवारबीचको टकराव कम भएको छैन, बरु झनै झांगिदै गएको छ । केसी र महत परिवारका दुई शीर्ष नेताहरु अर्जुननरसिंह केसी र डा. रामशरण महत हुन् । यी दुबै नेता कांग्रेसभित्र प्रभावशाली नेताका रुपमा चिनिन्छन् । यी दुई नेताबीचको द्वन्द नुवाकोटमा दोस्रो पुस्ता हुँदै तेस्रो पुस्तासम्म पुगिसकेको नुवाकोट कांग्रेसकै नेताहरु बताउने गर्छन् ।
२०४८ सालदेखि निरन्तर संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका यी दुई नेताले मुलुक संघीयतामा गएपछि आफ्नै परिवारका दोस्रो पुस्ताका नेताहरुलाई पनि प्रदेश सभा टिकट दिलाए । दुई परिवारबीचको लडाईले नुवाकोटमा अरुले अवसर नै नपाउने अवस्था आएका गुनासो जिल्लाका नेताहरुको छ । सरकारले प्रतिनिधिसभा र संघीय निर्वाचनको मिति घोषणा गरेपछि नुवाकोटमा टिकटको दौडधुप सुरु भइसकेको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा संघमा दाई नेताहरु (केसी र महत) कै दावी छ भने प्रदेशमा पनि उनीहरुकै परिवारका सदस्यहरुको रोजाई पाइन्छ । तर पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति अनुसार नुवाकोटमा एउटा निर्वाचन क्षेत्र कांग्रेसले गुमाउनुपर्नेछ । संघमा कांग्रेसले एक र माओवादी केन्द्रले एक सिट पाउने सम्भावना धेरै छ । तर केसी र महत परिवारले भने दुवै निर्वाचन क्षेत्रमा आफ्नो दावी छोडेका छैनन् ।
सत्तारुढ दलभित्र सिट बाँडफाँटबारेमा छलफल भइरहेका बेला महत परिवारकै सदस्य डा. प्रकाशशरण महतले पनि नुवाकोट निर्वाचन केन्द्रीत गतिविधि तीब्र बनाएका छन् । अर्जुननरसिंह र रामशरण महतबीचको लडाईंका कारण नुवाकोटबाट विस्थापित हुन बाध्य प्रकाशशरण यसपटक गृहजिल्लाबाटै निर्वाचन लड्ने मनस्थितिमा छन् । नुवाकोट १ मा २०७४ सालको निर्वाचनमा माओवादीका हितमान तामाङ निर्वाचित भएका थिए ।
माओवादीले आफ्नो प्रभाव क्षेत्र भएको भन्दै यो क्षेत्र आफैसँग राख्ने सम्भावना धेरै छ । तर लामो समयदेखि रामशरण महतले प्रतिस्पर्धा गर्दै आएको यो निर्वाचन क्षेत्रमा यसपटक भाई प्रकाशशरण महतले पनि नजर लगाएका छन् । कांग्रेसबाट रामशरण महत, प्रकाशशरण महतका साथै केदारनरसिंह केसीले यहि क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् भने एमालेबाट बद्री मैनाली संघीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिने सम्भावना धेरै रहेको एमालेका नेताहरु बताउँछन् ।
त्यस्तै नुवाकोट २ मा २०७४ सालको निर्वाचनमा एमालेका नारायण खतिवडा निर्वाचित भएका थिए । एमालेबाट उनै दोहोरिने लगभग पक्कापक्की छ । कांग्रेसबाट अर्जुननरसिंह केसी एक्ला उम्मेदवार छन् । नुवाकोट १ मा गठबन्धनबाट माओवादीको भागमा परे प्रकाशशरण महतले यहि निर्वाचन क्षेत्रबाट पनि चुनाव लड्ने सोच बनाएको कतिपय नेताहरुको भनाई छ ।
तर कांग्रेस प्रवक्ता महतले भने कहाँबाट निर्वाचन लड्ने भन्नेमा मुख खोलेका छैनन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया