भोलि नेपाल बन्दको घोषणा
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व)ले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ ।
तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पुर्जी जारी, एमसीसी, भ्रष्टाचार, महंगीका विरुद्धमा दाङसहित देशैभर बन्दको आह्वान गरिएको पार्टीका दाङ जिल्ला इन्चार्ज विकास वलीले जानकारी दिए ।
जिल्ला इन्चार्ज वलीका अनुसार बन्दको समयमा अस्पताल, होटल, चिया खाजा घर, एम्बुलेन्स, प्रेस, लगाएतका अत्यावश्यक सवारी साधन बाहेक अन्य सबै बन्द रहने छ ।
बन्दमा सार्वजनिक सवारी साधन, उद्योगधन्दा, स्कुल, कलेज सबै बन्द गरि सहयोग गरिदिन सम्पूर्णलाई आह्वान समेत गरेको छ ।
जिल्ला इन्चार्ज वलीका अनुसार पार्टीको केन्द्रीय कार्यक्रम अनुसार मंगलबार बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । पार्टीले उठाएका एजेन्डालाई गठबन्धन सरकारले सम्बोधन नगरे अनिश्चितकालिन बन्द समेत गरिने वलीले चेतावनी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया