देविघाटको संस्कृत माध्यामिक विद्यालयलाई अमेरिका बस्ने नुवाकोटेको सहयोग

विदुर खबर २०७९ भदौ ५ गते २०:३०

नुवाकोट । नुवाकोटबाट अमेरिका गइ बसोबास गर्ने नेपालीहरूको संगठित संस्था नुवाकोट अमेरिका सम्पर्क समितिले सहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयलाई सहयोग गरेको छ ।

Advertisement

नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ५ देवीघाटमा रहेको संस्कृत माध्यामिक विद्यालयलाई समितिले एक लाख त्रिपन्न हजार पाँच सय चौवालिस रुपैया सहयोग गरेको हो ।

विद्यालयका विद्यार्थीको खानपान र आवासका लागि उक्त सहयोग प्रदान गरिएको समितिका प्रचार विभाग प्रमुख जनकराज ढुंगानाले जानकारी दिनुभयो ।

Advertisement

नुवाकोट अमेरिका सम्पर्क समितिले केहि महिना अगाडिदेखि शिक्षा दिक्षा सहयोग परियोजना शीर्षक राखी सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जस अन्तर्गत संस्थाले करिब २० वटा विद्यालयलाई दश लाख रूपैयाँ सहयोग गरिसकेको सभापति विज्ञान खनालले जानकारी दिनुभयो।

Advertisement

प्रतिक्रिया