कोल्पुटार–दियाले सडकको डिपिआर बोकेर मेयर लामा शहरी मन्त्रालयमा
विदुर खबर
२०७९ भदौ ५ गते २०:१८
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर जगत लामा ३७ किलोमिटर सडकको डिपिआर बोकेर शहरी विकास मन्त्रालय पुग्नुभएको छ ।
बाघखोरबाट गल्छी त्रिशूली केरुङ मार्ग जोड्ने ३७ किलोमिटर कोल्पुटार डबली दियाले बाघखोर सडक रकम अभावले निर्माण सुरु हुन नसकेको भन्दै मेयर लामा डिपिआर बोकेर मन्त्रालय पुग्नुभएको हो ।
मन्त्री मेटमणी चौधरीसँग भेटेर मेयर लामाले सो सडक योजनामा समावेश गरी नगरपालिकाको केन्द्रलाई मुल सडकसम्म जोड्ने मार्ग निर्माणमा सहयोग गर्न माग गर्नुभएको छ ।
भेटमा मन्त्री चौधरीले डिपिआरअनुसारको सडक निर्माणको सो योजना कार्यान्वयन गर्नका बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया