नुवाकोट क्षेत्र नं १ को प्रदेश (क) मा शुशिल र राधिकाविच प्रतिष्पर्धा हुने
नुवाकोट । सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै नुवाकोटमा चुनावी जोड घटाउ शुरु भएको छ ।
दुई क्षेत्र र चार प्रदेश क्षेत्र रहेको नुवाकोटमा गठबन्धन भएमा दुईपक्षिय र नभएमा त्रिपक्षिय भिडन्त हुने देखिएको छ । यसैक्रममा नुवाकोटको क्षेत्र नम्बर १ को प्रदेश (क) मा चुवावी प्रतिष्पर्धा रोचक देखिएको छ ।
नुवाकोट क्षेत्र नं १ को प्रदेश (क) मा गठबन्धनको तर्फबाट रााधिका तामाङ र एमालेको तर्फबाट शुशिल खड्काले टिकट पाउने संभावना छ । पुर्व संविधानसभा सदस्य तथा बाग्मति प्रदेशकी उप–सभामुख राधिका तामाङ र नेकपा एमालेका जिल्ला कमिटि सदस्य शुशिल खड्काले टिकट पाउने लगभग निश्चित देखिएपछि यो प्रदेशको चुनावी अंक गणित रोचक हुने देखिएको छ ।
निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र लगायत ५ दलको गठबन्धन र एमालेविच कडा प्रतिष्पर्धा हुने देखिएको छ । गठबन्धनको तर्फबाट तामाङ वलियो उम्मेद्धवार हुन् । तामाङहरुको वाहुल्य रहेको दुप्चेश्वरमा राधिका लोकप्रिय मानिन्छन् । तर उनलाई एमालेको तर्फबाट उम्मेद्धवार रहने शुशिल भारी पर्ने देखिन्छ ।
दुप्चेश्वर मात्र नभई तादी, शिवपुरी, पन्चकन्या तथा जिल्ला भर नै सामाजिक काममा लागिपरेका खड्का लोकप्रिय व्यक्ति हुन् । उनी नेपाली कांग्रेसबाट भर्रखरै मात्र एमाले प्रवेश गरेकोले पनि कांग्रेसी जनले उनलाई मतदान गर्ने निश्चित जस्र्तै छ । पार्टीगत भोटभन्दा व्यक्तिगत भोट ल्याउन सक्ने हैसियत शुशिलले यो क्षेत्रमा बनाइसकेका छन् ।
“सानैलाई माया ठुलालाई सम्मान” भन्ने नारा लिएर हिँडेका शुशिल सबैमाझ परिचित छन् । गत मंसिरमा सम्पन्न नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा समेत जरा गाडेर वसेको केसी पक्षका उम्मेद्धवारलाई भारी मतले पराजित गरेर विजयी भएका शुशिलले आफ्नो क्षमता देखाइसकेका छन् ।
बाग्मति प्रदेशको उप–सभामुख भएपछि त्यति जिल्ला आउन नपाएकी राधिकालाई यो निर्वाचनमा भारी पर्ने जानकारहरु बताउँछन् । गठबन्धनभित्रको वेमेल र असमझदारी तथा कांग्रेसको असहयोग राधिकाको पराजयको कारण बन्न सक्ने अनुमान गरिएको छ ।
यो निर्वाचनमा युवाहरुको वाहुल्य रहने र युवामाझ बढी परिचित तथा कामको मुल्याङ्कनले समेत शुशिललको पल्ला भारी देखिएको छ । तर चुनावी प्रतिष्पर्धामा रहेका दलहरुको अवस्था तथा उनीहरुले लिने रणनितिले समेत नतिजामा प्रभाव पार्ने भएकोले यस प्रदेशको निर्वाचनमा शुशिल र राधिकाविच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया