चैनपुरमा माइक्रोवस पल्टियो, चालक घाइते
विदुर खबर
२०७९ साउन ३० गते २०:१६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ चैनपुरमा आज साँझ माइक्रो वस दुर्घटना भएको छ ।
बट्टारबाट चैनपुरतर्फ गएको बा ३ ख २९७३ नम्बरको माइक्रोवस र्दुघटना भएको हो ।
सो माइक्रोवसले सामुदायिक विद्या मन्दिरको विद्यार्थी बोक्ने गरेको स्थानियले बताएका छन् । दुर्घटनामा परि माइक्रोका चालक विदुर नगरपालिका वडा नम्बर ३ सिर्खालीका सरोज नेपाली सामान्य घाइते भएको जिल्लमा प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाइते भएका नेपाली वेहोस भएपछि उपचारको लागि त्रिशुली अस्पताल लगिएको थियो ।
रोकेर राखेको माइक्रो पछाडितर्फ गुडेर चालक नेपाली वेहोस भएका थिए । अहिले उनी सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया