चैनपुरमा माइक्रोवस पल्टियो, चालक घाइते
विदुर खबर
२०७९ साउन ३० गते २०:१६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ चैनपुरमा आज साँझ माइक्रो वस दुर्घटना भएको छ ।
बट्टारबाट चैनपुरतर्फ गएको बा ३ ख २९७३ नम्बरको माइक्रोवस र्दुघटना भएको हो ।
सो माइक्रोवसले सामुदायिक विद्या मन्दिरको विद्यार्थी बोक्ने गरेको स्थानियले बताएका छन् । दुर्घटनामा परि माइक्रोका चालक विदुर नगरपालिका वडा नम्बर ३ सिर्खालीका सरोज नेपाली सामान्य घाइते भएको जिल्लमा प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाइते भएका नेपाली वेहोस भएपछि उपचारको लागि त्रिशुली अस्पताल लगिएको थियो ।
रोकेर राखेको माइक्रो पछाडितर्फ गुडेर चालक नेपाली वेहोस भएका थिए । अहिले उनी सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया