नुवाकोटमा कानुन विपरितका काम हुन दिन्न : प्रहरी प्रमुख पण्डित

विदुर खबर २०७९ साउन ३० गते १०:११

नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पंडितले कानुन विपरितका काम हुन नदिने बताएका छन् ।

Advertisement

आईतवार जिल्ला प्रहरी कार्यालय नुवाकोटले आयोजना गरेको जिल्लाका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रहरी प्रमुख पण्डितले कानुन विपरितका काम गर्नेहरू जो कोही भएपनि दण्डित हुने र कानुन कार्यान्वयनका सवालमा कसैसंग कुनै प्रकारको सम्झौता नहुने प्रष्ट पारे ।

उनले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनु र कानुन कार्यान्वयन गर्नु प्रहरीको कर्तब्य भएकाले प्रहरीलाई नागरिकको भरोसायोग्य संगठन बनाउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत हुने समेत बताए ।

Advertisement

प्रहरी प्रमुख पंडितले नुवाकोटमा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन हुने गरेको गुनासाहरू आएको बताउँदै त्यस्ता क्रियाकलापहरूको पूर्ण नियन्त्रणका लागि प्रहरीको प्रभावकारी परिचालन गरिएको उल्लेख गरे ।

अबैध क्रियाकलापहरूका बारेमा सूचना प्राप्त हुनासाथ प्रहरी पुग्ने अवस्था रहेको र प्रहरीलाई प्रभावमा राखेर गलत काम गर्छ भन्नेहरूको कुनै गुञ्जायस नरहेको समेत प्रहरी प्रमुख पंडितले स्पष्ट पारे ।

Advertisement

प्रहरी प्रमुख पण्डितले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन सरोकारवाला सबै पक्षहरूसंग निरन्तर समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया