बन्ने भयो फिल्म ‘नाईं नभन्नु ल’को छैटौं सिरिज

विदुर खबर २०७५ भदौ १७ गते १:३९

काठमाडौं– फिल्म ‘नाईं नभन्नु ल’को छैटौं सिरिज निर्माण हुने भएको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘नाईं नभन्नु ल ५’ ले सुखद व्यापार गरिरहेको बेला फिल्मका निर्देशक तथा निर्माता विकासराज आचार्यले छैटौं सिरिज निर्माण गर्ने घाेषणा गरेका हुन्।

फिल्मको पाचौँ सिरिजले प्रदर्शनको तिन दिनमा २ करोड बढीको व्यपार गर्न सफल भएको बताइएकाे छ। फिल्मको सफलतासँगै निर्देशक आचार्य फिल्मको नयाँ सिरिज बनाउन हौसिएका हुन्।

आचार्यका अनुसार फिल्म वर्ष २०७६ मा प्रदर्शनमा आउने छ। आचार्यले ‘नाईं न भन्नु ल ५’ ल्याउन ढिला भएको स्विकार्दै अब छैटौँ सिरिजका लागि कथा लेखनमा लाग्ने बताए।

फिल्मको छैटौँ सिरिजमा बालकलाकार अनुभव रेग्मी दोहोरिने पक्का भएपनि अन्य कलाकारहरुको भने टुङ्गो नलागेको आचार्यको भनाई छ।

Advertisement

प्रतिक्रिया