नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न बाग्मति प्रदेशका मन्त्रि पुगे

विदुर खबर २०७९ साउन २९ गते २२:१४

नुवाकोट । अविरल वर्षाको कारण आएको बाढीले क्षति पुराएको नुवाकोटको विभिन्न क्षेत्रको अवलोकन गर्न बाग्मति प्रदेशका भौतिक पुर्वाधार मन्त्रि किष्णलाल भडेल नुवाकोट आएका छन् ।

Advertisement

आईतवार बाग्मति प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्रि किष्णलाल भडेल, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत लगायतले नुवाकोटको विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरेका हुन् ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्रि भडेलले जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसेर तत्काल सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।

Advertisement

मन्त्रि भडेलसँगै बाढी र पहिरो प्रभावित क्षेत्रको अवलोकनको लागि तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ, दुप्चेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष योविन्द सिंह तामाङ, निवर्तमान उपाध्यक्ष अन्जु आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

 

 

प्रतिक्रिया