नुवाकोटमा दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण गरियो
नुवाकोट । नुवाकोट जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना न्यूनीकरण गर्न लामो मध्यम तथा छोटो दुरीमा चल्ने सवारीहरुका सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ ।
शनिवार नुवाकोटको विदुरमा जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजना तथा पुजा चस्मा पसल र सापकोटा मेडिकल हलको प्राविधिक सहयोगमा चालकहरुको निशुल्क स्वास्थ्य जाँच तथा आँखा परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एक सय ५० साना तथा ठुला सवारी साधनका चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण तथा आँखाको जाँच गरिएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका वरिष्ट प्रहरी नायव निरिक्षक गुणनिधि खकुेरेलले जानकारी दिए ।
शिविरमा चालकहरुको सामान्य स्वास्थ्य परिक्षणदेखी उच्च रक्तचाप समेत जाँच गरिएको थियो । सबै सवारी चालकहरुलाई सवारी दुर्घटनाबाट हुने जोखीम न्युनीकरणको सचेतना फैलाउने तथा सवारी चालकहरुलाई सवारी दुर्घटना न्युनीकरण गराउने उदेश्यले निशुल्क स्वास्थ्य जाँच तथा आँखा परिक्षण कार्यक्रम संचालन गरेको खकुरेलले जानकारी दिए ।
खकुरेलले सवारी चालक र सहचालकको स्वास्थ्य र आँखा चेक जाँच गर्नुले सवैलाई सचेत गराउने मात्र नभई धनजनको क्षति हुन वाट जोगाउने काम समेत भएको वताए ।
उनले अगामी दिनमा पनि यस्ता चेक जाँचको क्रमलाई अझै परिस्कृत र सुधार गर्दै जिल्लाका विभिन्न ठाउँमा समेत चेक जाँच सचेतना कार्यक्रम गरिने बताए ।
भएको थियो ।
बिहान ८: ३० बजेदेखि दिउँसो १०: ३० बजेसम्म गरिएको स्वास्थ्य परिक्षणबाट सडक दुर्घटना कम गर्न मद्दत पुग्ने विश्वास सरोकारवालाहरुले गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया