नुवाकोटमा दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण गरियो
नुवाकोट । नुवाकोट जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना न्यूनीकरण गर्न लामो मध्यम तथा छोटो दुरीमा चल्ने सवारीहरुका सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ ।
शनिवार नुवाकोटको विदुरमा जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजना तथा पुजा चस्मा पसल र सापकोटा मेडिकल हलको प्राविधिक सहयोगमा चालकहरुको निशुल्क स्वास्थ्य जाँच तथा आँखा परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एक सय ५० साना तथा ठुला सवारी साधनका चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण तथा आँखाको जाँच गरिएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका वरिष्ट प्रहरी नायव निरिक्षक गुणनिधि खकुेरेलले जानकारी दिए ।
शिविरमा चालकहरुको सामान्य स्वास्थ्य परिक्षणदेखी उच्च रक्तचाप समेत जाँच गरिएको थियो । सबै सवारी चालकहरुलाई सवारी दुर्घटनाबाट हुने जोखीम न्युनीकरणको सचेतना फैलाउने तथा सवारी चालकहरुलाई सवारी दुर्घटना न्युनीकरण गराउने उदेश्यले निशुल्क स्वास्थ्य जाँच तथा आँखा परिक्षण कार्यक्रम संचालन गरेको खकुरेलले जानकारी दिए ।
खकुरेलले सवारी चालक र सहचालकको स्वास्थ्य र आँखा चेक जाँच गर्नुले सवैलाई सचेत गराउने मात्र नभई धनजनको क्षति हुन वाट जोगाउने काम समेत भएको वताए ।
उनले अगामी दिनमा पनि यस्ता चेक जाँचको क्रमलाई अझै परिस्कृत र सुधार गर्दै जिल्लाका विभिन्न ठाउँमा समेत चेक जाँच सचेतना कार्यक्रम गरिने बताए ।
भएको थियो ।
बिहान ८: ३० बजेदेखि दिउँसो १०: ३० बजेसम्म गरिएको स्वास्थ्य परिक्षणबाट सडक दुर्घटना कम गर्न मद्दत पुग्ने विश्वास सरोकारवालाहरुले गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया