टिकट वितरण गर्दा न्यायोचित निर्णय नभए संघर्ष गर्छाे : केसी
नुवाकोट । नेपाली कांग्रेसका निर्वतमान जिल्ला सभापति तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले पार्टीले टिकट वितरण गर्दा न्यायोचित निर्णय नभए संघर्ष गर्ने चेतावनी दिएका छन् ।
शनिबारै कोइराला समूहका नेताहरूको भेलामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
बैठकको नेतृत्व गरेका केसीले पार्टी महाधिवेशनमा प्रदेश १ र बागमतीको सभापतिमा पराजित नेताद्वय गुरूराज घिमिरे र जगदीश्वरनरसिंह केसीले सभापति देउवाले एकलौटी रुपमा प्रतिस्पर्धीलाई पाखा लगाएर अघि बढ्न खोजेको भन्दै आगामी निर्वाचनको उम्मेदवारी चयनमा त्यही प्रवृत्ति दोहोरिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन ।
केसीले सभापति देउवाले आगामी निर्वाचनमा टिकट वितरण गर्दा न्यायोचित निर्णय गर्न नसके आफूहरू संघर्ष गर्नसमेत तयार हुने बताए ।
‘गठबन्धन गर्ने कुरा ठीक हो । तर गठबन्धनको नाममा प्रतिस्पर्धी समूहलाई पाखा लगाउने र आफूनिकटलाई मात्रै लिएर चुनावमा जाने काम हुनुहुन्नँ,’ उनले भने, ‘त्यस्तो कदम हामीलाई स्वीकार्य हुँदैन ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया