जनताको आर्कषण माओवादी केन्द्रप्रति व्यापक छ : प्रचण्ड

विदुर खबर २०७९ साउन २८ गते १८:२२

नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आर्कषण माओवादी केन्द्रप्रति व्यापक रहेको बताएका छन् ।

Advertisement

शनिवार पोष्टवहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौ वार्षिक साधारणसभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनताको आर्कषण बढेको बताएका हुन् ।

प्रचण्डले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने अनुमान गरेकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको बताए ।

Advertisement

उनले माओवादी नेता कार्यकर्ताले आचरण सुधार गर्न अवश्यक रहेको बताए । उनले भने, ‘व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक छ ।’

विचार र व्यवहारप्रति नेताहरू धर्मराएको उनको भनाइ छ । उनले प्रदेश र संघको निर्वाचन आउँदै गरेको र जनताको आर्कषण माओवादी केन्द्रप्रति व्यापक रहेको उनले बताए । यसलाई जोगाउन उनले आग्रह गरे ।

Advertisement

साथै, वाम एकताको प्रयास पनि जारी रहेकोले वामपन्थी आन्दोलनबाटै पहिलो पार्टी बन्ने पूरै सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘पार्टीलाई एकताबद्ध गर्ने, जनमतलाई जोड्ने संकल्प आजकै कार्यक्रमबाट लिन जरुरी छ ।’

प्रतिक्रिया