राजेन्द्र लिङ्देनले राखे ओलीसँग चुनावी सहकार्यकाे प्रस्ताव
विदुर खबर
२०७९ साउन २८ गते १६:३३
नुवाकोट । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावी तालमेलका लागि प्रस्ताव गरेका छन् ।
शुक्रबार बेलुका ओली निवास बालकोटमा भएको भेटवार्तामा दुवै पार्टीबीच आगामी संघीय चुनावमा सहकार्य गर्नेबारे छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन गरेर जाने विषयमा दुवै नेताबीच कुरा भएको थियो । यसअघि २०७४ को निर्वाचनमा लिङ्देनलाई एमालेसहितकाे तत्कालीन वाम गठबन्धनले समर्थन गरेर विजयी बनाएको थियो ।
यसपालि पनि उनी झापा– ३ बाटै उम्मेदवारी दिने तयारीमा छन् । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट लिङ्देनले नेपाली कांग्रेसका कृष्ण सिटौलालाई पराजित गरेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया