राजेन्द्र लिङ्देनले राखे ओलीसँग चुनावी सहकार्यकाे प्रस्ताव
विदुर खबर
२०७९ साउन २८ गते १६:३३

नुवाकोट । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावी तालमेलका लागि प्रस्ताव गरेका छन् ।
शुक्रबार बेलुका ओली निवास बालकोटमा भएको भेटवार्तामा दुवै पार्टीबीच आगामी संघीय चुनावमा सहकार्य गर्नेबारे छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन गरेर जाने विषयमा दुवै नेताबीच कुरा भएको थियो । यसअघि २०७४ को निर्वाचनमा लिङ्देनलाई एमालेसहितकाे तत्कालीन वाम गठबन्धनले समर्थन गरेर विजयी बनाएको थियो ।
यसपालि पनि उनी झापा– ३ बाटै उम्मेदवारी दिने तयारीमा छन् । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट लिङ्देनले नेपाली कांग्रेसका कृष्ण सिटौलालाई पराजित गरेका थिए ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया